राहुललाई हत्याको धम्कीपछि दक्षिण भारतको भ्रमण रद्द

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौँ, २८ वैशाख । भारतीय काँग्रेस पार्टीका नेता राहुल गान्धीलाई हत्याको धम्की आएको छ । सो धम्कीपछि उहाँले दक्षिणी भारतको भ्रमण पनि रद्द गर्नुभएको समाचारमा जनाइएको छ । गान्धी भारतको मुख्य प्रतिपक्षी दल काँग्रेसका दोस्रो वरियताका नेता हुनुुहुन्छ । उहाँले पडुचोरी, तामिल नाडु, केरला लगायतका दक्षिणी भारतीय क्षेत्रको भ्रमण गर्नुहुने भएको थियो । सोमबार राति सो धम्की आएको र त्यसपछि उहाँले भ्रमण रद्द गर्नुपरेको भारतीय सञ्चारमाध्मले जनाएका छन् । नेता गान्धीले भने आफ्नो भ्रमण रद्द गर्नुपरेकोमा क्षमा याचना गर्नुभएको छ । उहाँ यही मे १६ मा हुन गइरहेको स्थानीय निर्वाचनका लागि ती क्षेत्रमा जान लाग्नुभएको थियो । उहाँले आपूmलाई ज्वरो आएकोले सो भ्रमण रद्द गर्नुपरेको जनाउनुभएको थियो । तर पार्टीले भने उहाँलाई मार्ने धम्की पोडुचरीबाट आएकोले सो भ्रमण रद्द गरिएको बताएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले भारत सरकारले उहाँको भ्रमणका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको जानकारी दिनुभएको थियो ।- रासस-एपी

प्रतिक्रियाहरु