सार्वभौमिकता संकटमा परे मात्र परमाणु हतियार : उत्तर कोरिया

२०७३ बैशाख २६ गते, आईतवार

काठमाडौं, २६ बैशाख । उत्तर कोरियाली नेता किम जोङ उनले देशको सार्वभौमिकता संकटमा नपर्दासम्म आफ्नो देशले परमाणु हतियार प्रयोग नगर्ने प्रष्ट गरेका छन् । प्योङयाङमा सम्पन्न पार्टी कंग्रेसमा नेता उनले दक्षिण कोरियासहितका विपक्षी देशसँगको सम्बन्ध सामान्य बनाउन आफ्नो ध्यान केन्द्रित हुने पनि बताए । विपक्षी मुलुकहरुसँगको सम्बन्ध सुधारमा राज्यको ध्यान केन्द्रित गरिने भन्दै उनले देश र नागरिक नै संकटमा पर्ने अवस्थामा मात्र परमाणु हतियार प्रयोगको सन्दर्भ उठ्ने प्रष्ट गरे । दक्षिण कोरियासँग विश्वासको वातावरण र समझदारी बढाउन अझै बढी पहल गरिने उनले बताएको राज्य नियन्त्रित सञ्चारमाध्यमलाई उद्धृत गर्दै विभिन्न समाचार संस्थाले जनाएका छन् । सन् २००६ मा पहिलो परमाणु अस्त्र परीक्षण गरेपछि उत्तर कोरिया अन्तर्राष्ट्रिय नाकाबन्दीमा परेको छ । उसको परीक्षणका कारण आफ्नो देशमा असुरक्षा बढेको भन्दै दक्षिण कोरियाले अमेरिकासँग मिलेर आफ्नो सुरक्षा सुदृढ बनाउँदा कोरियाली प्रायद्वीपमा असुरक्षा बढेको छ । यसैगरी नेता उनले विश्वव्यापी निशस्त्रीकरणका लागि इमान्दार भएर आफ्नो देशले दायित्व पूरा गर्ने उल्लेख गरे । – एजेन्सी

प्रतिक्रियाहरु