इस्लामिक नेतालाई फाँसी

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौ, २९ बैशाख । बंगलादेशको सबैभन्दा ठुलो इस्लामिक कट्टरपन्थी पार्टीका नेतालाई युद्ध अपराधको आरोपमा फाँसीको सजाय दिइएको छ ।
अधिकारीहरुका अनुसार मुतिउर रहमान निजामीलाई ढाकाको केन्द्रीय जेलमा फाँसी दिइएको हो । जमाते इस्लामीका नेता निजामीलाई सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र क्रममा भएको युद्धमा मानवताविरोधी अपराधमा दोषी ठहर गरिएको थियो ।
सन् २०१३ देखि अहिलेसम्म फाँसी दिइएका उनी पाँचौ ठुला नेता हुन् । यसअघि दिइएको फाँसीको देशभर विरोध भएको थियो । बंगलादेशको सर्वोच्च अदालतलले सोमबार निजामीको दया याचिका खारेज गरेको थियो ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु