६ तालिवानलाई मृत्युदण्ड

२०७३ बैशाख २७ गते, सोमबार

काठमाडौँ, २७ वैशाख । अफगानिस्तानमा अशरफ घनी सत्तामा आएपछि पहिलो पटक तालिवानका ६ लडाकुलाई मृत्युदण्ड दिइएको छ । राष्ट्रपति कार्यालयका अनुसार आम नागरिक र सार्वजनिक सुरक्षाविरुद्ध गम्भीर अपराध गरेका कारण ती ६ लडाकुलाई मृत्युदण्ड दिइएको हो । पछिल्लो समय राष्ट्रपति घनीले तालिवानविरुद्ध कानुन बमोजिम कारवाही गरिने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना काबुलमा भएको हमलामा ६४ जनाको मृत्यु भएपछि राष्ट्रपति घनीले तालिवानलाई कडा जवाफ दिने प्रतिबद्धता जनाएका थिए । – एजेन्सी

प्रतिक्रियाहरु