राष्ट्रपति रुसेफ निलम्बित

२०७३ बैशाख ३० गते, बिहीबार

काठमाडौं, ३० वैशाख । ब्राजिलका राष्ट्रपति डिल्मा रुसेफले महाअभियोग प्रक्रियाको सामना गर्नुपर्ने भएको छ । त्यहाँको सिनेटले विहीबार रुसेफलाई निलम्बन गर्ने र महाअभियोग प्रक्रिया अगाडि बढाउने पक्षमा निर्णय गरेको हो । रुसेफमाथि सन् २०१४ को निर्वाचनमा बजेट घाटा लुकाउन अवैधरुपमा वित्तिय गतिविधि गरेको आरोप लगाइएको छ । तर, उनले आरोप अस्वीकार गर्दै आएकी छन् । रातभर पनि विश्राम नगरी लगातार २० घन्टाभन्दा बढी समय चलेको सिनेट बैठकमा रुसेफलाई निलम्बन गर्ने पक्षमा २२ काविरुद्ध ५५ मत खसेको थियो ।
सिनेटको यो निर्णयसँगै उपराष्ट्रपति माइकल तेमेरले कायममुकायम राष्ट्रपतिकोरुपमा कार्यभार सम्हाल्नेछन् भने रुसेफको सुनुवाइ अगाडि बढ्ने छ ।
सुनुवाइ १ सय ८० दिनसम्म चल्नसक्ने भएकाले ५ अगष्टबाट रियो दि जेनरियोमा सुरु हुने ओलम्पिक गेम्स्सम्म रुसेफ निलम्बनमा रहने निश्चित भएको छ ।
बुधबारमात्र सिनेटमा मतदान हुनुअघि रुसेफले अदालतमा अपील गरेपनि त्यो अस्वीकृत भएको थियो । रुसेफ सन् २०११ मा पहिलोपटक र सन् २०१५ मा दोस्रोपटक ब्राजिलको राष्ट्रपति बनेकी थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु