बिश्व

मस्जिद भत्कँदा १५ जनाको मृत्यु

काठमाडौँ, १९ वैशाख । सोमालियामा एक मस्जिद भत्किदा १५ जनाको मृत्यु भएको छ । राजधानी मोगादिसुमा रहेको मस्जिदमा प्रार्थनाका लागी सयौं व्यक्ति जम्मा भएका बेला मस्जिद भत्कँदा थुप्रै घाइते भएका छन् । मस्जिदको भग्नावशेषमा थुप्रै च्यापिएकोले मृतकको संख्या बढ्ने सक्ने अनुमान गरिएको छ । जिर्णोद्वार क्रममा रहेको मस्जिद भत्किएकाले जिर्णाेद्वारको जिम्मा लिएका इन्जिनियर पक्राउ परेका […]

२०७३ बैशाख १९ गते, आईतवार

एउटै कम्पनीबाट ५० हजार कामदार निकालिए

काठमाडौं, १८ बैशाख । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ । कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो । तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको सउदी अरबले विभिन्न उपाय निकालिरहेको जनाइएको छ । तर बिनलादिन समूहको यस […]

२०७३ बैशाख १८ गते, शनिबार

सिरियाको अवस्था चिन्ताजनक : राष्ट्रसंघ

काठमाडौं, १७ वैशाख । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त सिरियाको अवस्था चिन्ताजनक भएको जनाएको छ । एलेप्पोस्थित विद्रोहीको नियन्त्रणमा रहेको अस्पताललगायतका स्थानमा भएका आक्रमणपछि सिरियाको अवस्था नाजुक हालतमा पुगेका राष्ट्रसंघले जनाएको हो । पछिल्लो २४ घण्टामा सिरियामा भएका आक्रमणमा ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मेडिसिन्स् सान्स् फ्रन्टियर्स् (एमएसएफ) च्यारिटीको सहयोगमा सञ्चालित अस्पतालमा भएको हवाई आक्रमणमा […]

२०७३ बैशाख १७ गते, शुक्रबार

बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन उर्दी !

काठमाडौं १६ वैशाख। भारतको बिहार राज्यमा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म खाना नपकाउन सरकारले उर्दी जारी गरेको छ । राज्य सरकार अन्तर्गतको आपतकालिन प्रवन्ध विभागले सर्वसाधारणमा यस्तो उर्दी जारी गरेको हो । पछिल्ला दिनमा आगलागीका घटना बढेसँगै दिनैभरी खाना पकाउने काम नगर्न आग्रह गरेको हो । त्यसैगरी किसानलाई खेतबारीमा गहुँको भुस डढाउन पनि पूर्ण […]

२०७३ बैशाख १६ गते, बिहीबार

एप्पलको मुनाफा घट्यो

काठमाडौँ, १५ वैशाख । एप्पलको मुनाफ १३ वर्ष यता पहिलो पटक घटेको छ । एप्पललको यो वर्षको पहिलो चौमासिकमा मुनाफ १३ प्रतिशतले घटेको छ । आइफोनको बिक्रीमा आएको कमीका कारण एप्पलको मुनाफा गएको वर्षको पहिलो चौमासिकको तुलनामा यो वर्षको पहिलो चौमासिकमा १३ प्रतिशतले घटेको हो । सन् २००३ यता एप्पलको बिक्री घटेको यो पहिलो पटक […]

२०७३ बैशाख १५ गते, बुधबार

तीन हजार वर्ष पुरानो कफिन भेटियो

काठमाडौं, १४ बैशाख । चीनमा करिब तीन हजार वर्ष पुरानो कफिन भेटिएको समाचारमा जनाइएको छ । तीन हजार वर्ष पुरानो भएको विश्वास गरिएका तीनवटा कफिन फेला परेको समाचारमा जनाइएको छ । मध्य चिनियाँ प्रान्त हेनान्मा ती कफिन फेला पारिएको समाचारमा जनाइएको छ । स्थानीय पुरातत्व विभागले दिएको जानकारी अनुसार ती कफिन मङ्गलबारै एनियाङ् सहरको सङ्ग्रहालयमा […]

२०७३ बैशाख १४ गते, मंगलवार

उडिसामा भीषण आगलागी, ९० घर खरानी

काठमाडौं, १४ बैशाख । भारतको उडिसामा भएको आगलागीमा ९० घर जलेर नष्ट भएका छन् । उडिसाको ढेंकनाल जिल्लास्थित हरचुआन गाउँमा मात्रै ५० घर पुरै जलेर नष्ट भएका छन् । यसैगरी सुवर्णपुर जिल्लाको रंगारपुर गाउँका भएको आगलागीमा ४० घर जलेका छन् । वारुण यन्त्र, प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अधिकारीहरुले जनाएका छन् । गाउँ […]

२०७३ बैशाख १४ गते, मंगलवार

अन्डरवर्ल्ड डन दाउद इब्राहिमलाई खुट्टा काट्न सुझाव

काठमाडौ, १४ बैशाख । अन्डरवर्ल्ड डन दाउद इब्राहिमले आफ्नो खुट्टा गुमाउन सक्ने सम्भावना देखिएको छ । गम्भीर बिरामीका कारण चिकित्सकले उनको खुट्टा काट्नुपर्ने सुझाव दिएको बताइन्छ । समाचार एजेन्सीहरुका अनुसार उनलाई ‘गेंग्रीन’ नामक रोग लागेको छ । यो रोक लागेका मानिसको शरीरका अंग मृत हुन्छन् र क्रमशः पुरै शरीर प्रभावित भई मृत्यु हुन्छ । दाउदको […]

२०७३ बैशाख १४ गते, मंगलवार

ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा

काठमाडौ, १३ बैशाख । अमेरिकी राष्ट्रपति बराक ओबामाले ब्रिटेन युरोपेली संघबाट बाहिरिएमा उसलाई अमेरिकासँग कारोबारको सम्बन्ध बनाउन अरु दश वर्ष लाग्ने अभिव्यक्ति दिएकामा ब्रिटेन ईयूबाट बाहिरिनुपर्ने अभियान चलाइरहेकाहरुले आपत्ति जनाएका छन् । ईयूबाट बाहिरिंदा विश्वस्तरमा बेलायतको प्रभाव कम हुने पनि ओबामाले बताएका थिए । तर यूकेआईपीका नेता निगेल फराजले ओबामाको अभिव्यक्तिलाई बकवासको संज्ञा दिएका हुन् […]

२०७३ बैशाख १३ गते, सोमबार

उत्तर कोरियाले दियो कडा चेतावनी, सैन्य अभ्यास रोक्न दबाब

काठमाडौं, १२ बैशाख । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास नरोकेसम्म आफ्नो परमाणु कार्यक्रम जारी रहने चेतावनी दिएको छ । उत्तर कोरियाली विदेशमन्त्री री सु योंगले दक्षिण कोरियाको रवैयाप्रति अमेरिका चुप लागेर बसेको भन्दै यस्तो चेतावनी दिएको हो । यता उत्तर कोरियाले हिजो मात्रै मिसाइल परीक्षण गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघको प्रतिबन्ध उल्लंघन गरेको […]

२०७३ बैशाख १२ गते, आईतवार