आइएसका कमाण्डर मारिए

२०७३ बैशाख २८ गते, मंगलवार

काठमाडौं, २८ बैशाख । अमेरिकी गठबन्धन सेनाले गरेको कारबाहीमा इस्लामिक अतिवादी संगठन आईएसका एक मुख्य कमान्डर मारिएका छन् । इराकको अनबर प्रान्तमा गरिएको आक्रमणमा आइएसका मुख्य कमान्डर अबु वाहिव मारिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । वाहिव अल कायदा इराकका पूर्व सदस्य पनि हुन् । उनी गत शुक्रबार अनबरमा भएको आक्रमणका क्रममा मारिएको पेन्टागनले जनाएको छ ।
वाहिब यसअघि पनि विभिन्न पटक मारिएको खबर आएको थियो, तर पछि उनी जिवितै रहेको प्रमाणित भएको थियो । वाहिबसँगै आक्रमणमा अरु तीन जना लडाकू पनि मारिएका थिए । इराकमा अमेरिकी गठबन्धन सेनाले सन् २०१४ देखि नै कारबाही थालेको हो । अबु वाहिव मारिएपछि आइएसलाई भने केही धक्का लागेको छ ।
यद्यपी यसबारे आईएसले कुनै प्रतिक्रिया दिएको छैन । इराकमा उनकै नेतृत्वमा आइएसले आतंकवादी गतिबिधी गर्दै आएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु