नेपालमै पहिलो पटक फुर्केहाँस भेटियो

२०७० माघ १४ गते, मंगलवार

कपिलवस्तुु, १४ माघ। विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा यसवर्ष नेपालमै पहिलो पटक एउटा फुर्केहाँस फेला परेको छ ।विश्वमा सङ्कटापन्न अवस्थामा पुग्न लागेको यो हाँस साइबेरियाबाट आएको चराविज्ञहरूले बताएका छन् । बेटल्याण्ड इन्टरनेशनल र हिमाली प्रकृतिले जगदिशपुरमा दुई दिन लगाएर गरेको चरा गण्ँनामा विश्वमै दुर्लभ मानिएका सारस ४ वटा र भुँडीफोर गरुड ३ वटा भेटिएको छ ।
यो तालमा जलपन्छीको सङ्ख्या गएको वर्षमा भन्दा झण्डै दुई हजार बढी पाइएको छ । गएको वर्षको गण्ँनामा १२ हजार ६ सय ९४ पन्छी भेटिएको यो तालमा यसवर्ष १४ हजार २ सय ९८ जलपन्छी भेटिएको हो । त्यस्तै नेपालमा सङ्कटापन्न सूचीमा रहेको घु“गीफोर गरुड पनि ५५ वटा भेटिएको छ । ताल चराका लागि राम्रो आहार बिहारको ठाउँ भएकाले सङ्ख्या बढेको चराविज्ञ दिनेश गिरीले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु