तिलौराकोटमा ६१ देशका पर्यटक भित्रिए

२०७० माघ १४ गते, मंगलवार


कपिलवस्तु, १४ माघ । बुद्धस्थल तिलौराकोटमा अहिले सम्म ६१ देशका पर्यटक भित्रिएका छन् । विश्वमै सबैभन्दा सानो भ्याटिकन सिटीदेखि ठूलो चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रसादका रुपमा परिचित छ । सन् २०१३ मा सबैभन्दा बढी श्रीलङ्का र थाईल्याण्डका पर्यटक आएका छन् ।
त्यसपछि म्यानमार, कम्बोडिया, भियतनाम र दक्षिण कोरियाका पर्यटक यहा बढी आएको तिलौराकोटको लुम्बिनी विकास कोषको सम्पर्क कार्यालयले जनाएको छ । ८० प्रतिशत बढी विदेशी विश्व शान्ति, सद्भावको कामना गर्न आउने गरेको तिलौराकोटको लुम्बिनी विकास कोषका प्रमुख माधव आचार्यले बताए ।
तिलौराकोटमा २०१३ मा २७ हजार ५०२ पर्यटक आएका छन् । तिलौराकोटको पाईला नटेकेसम्म बुद्ध धर्मावलम्बीले पुण्य प्राप्ति नहुने हुनाले पवित्रस्थल मानेर आउने लुम्बिनी विकास कोष उपाध्यक्ष आचार्य कर्मासाङ्गबो शेर्पाले बताएका छन् ।
यहाको मुख्य दरबार भग्नावषेशमा आई सुत्रपाठ, पूर्वी र पश्चिमी गेटमा गौतमबुद्धको बाल्यकालको जीवन लीला पाठ गरेपछि मात्र शान्ति प्राप्त भई आत्म सन्तुष्टि हुने हु“दा बौद्ध धर्मावलमबीहरू आउने भिक्षुमैत्री महाअस्थबीरले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु