पर्यटन

नेपाल १०२ औं पर्यटन मैत्री देश

काठमाडौं । ‘वल्र्ड इकोनोमिक फोरम’ले गरेको एक अध्ययनमा नेपालले १०२ औं पर्यटन मैत्री देशको स्थान प्राप्त गरेको छ । विश्वभरका १४१ देशको पर्यटनको समग्र अवस्थाको विषयमा अध्ययनबाट प्रप्त निश्कर्षलाई फोरमले ‘ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेस इन्डेक्स २०१५’ प्रतिवेदन नाम दिएर सार्वजनिक गरेका हो । फोरमले प्रत्येक दुई वर्षमा सार्वजनिक गर्ने यस सूचीमा स्पेनले पहिलोपटक प्रथमस्थान हासिल […]

२०७२ श्रावण २३ गते, शनिबार

कृष्णसार संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण हुदै

काठमाडाैँ । नेपालमा नै दुर्लभ मानिएको कृष्णसारको प्रमुख वासस्थान रहेको बर्दियाको खैरापुर कृष्णसार संरक्षण क्षेत्रमा उच्चस्थली निर्माण भईरहेको छ । कुनै किसीमका सावधानी नअपनाईदा गतबर्ष साउनमा बबई नदीमा आएको बाढीले संरक्षण सूचीमा परेका४० वटा कृष्णसार बगाएको थियो ।संरक्षित वन्यजन्तुको सूचीमा रहेको कृष्णसारको वासस्थान रहेको यसक्षेत्र बबई नदीको पुरानो वहाव क्षेत्रभएकाले जोखिम मानिन्छ । यो क्षेत्रपनि […]

२०७२ श्रावण २२ गते, शुक्रबार

नमखु लेकलाई ‘हिउँचितुवा’को राजधानी घोषणा गर्न माग

काठमाडौं, २१ साउन । हिमाली जिल्ला मुस्ताङको जोमसोम गाविसमा पर्ने नमखुलेक दुर्लभ मानिएको हिउँचितुवाको अध्ययन केन्द्र बन्दै गएको छ । वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत स्वदेशी तथा विदेशी सङ्घसंस्थाले हिउँचितुवाको विषयमा नमखुलेकमा आएर अध्ययन गर्न थालेपछि त्यसलाई स्थानीय ‘हिउँचितुवा’को राजधानी घोषणा गर्न माग गरेका छन् । यो याममा नेपालसहित अमेरिका, जापान र अस्ट्रेलियाबाट चारवटा समूहले यही […]

२०७२ श्रावण २१ गते, बिहीबार

हवाई भाडा घट्यो

काठमाण्डौ,२० साउन । निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनीहरूले आजदेखी हवाई भाडा घटाएका छन । नेपाल आयल निगमले हवाई इन्धन (एयर टर्बाइन फ्युल) को भाउमा १५ रुपैयाा घटाएर प्रतिलिटर १ सय १८ रुपैयाा कायम गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघले मंगलबार भाडा घटाएका हुन । संघका अनुसार न्यूनतम १ सय ७० देखि अधिकतम […]

२०७२ श्रावण २० गते, बुधबार

पदयात्रामा परराष्ट्रमन्त्री

काठमाडौँ, १६ साउन । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिकोत्सवका अवसरमा आज बिहान यहाँ पदयात्रा गरियो । नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको पदयात्राको परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मुख्यसचिव लीलामणि पौड्याल र नेपालका लागि चीनका राजदूत उ चुन्ताइले संयुक्त रुपमा उद्घाटन गरे । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रारम्भ भएको पदयात्रा घण्टाघर–रत्नपार्क–सहिदद्वार–नयाँसडक हुँदै […]

२०७२ श्रावण १६ गते, शनिबार

महिलाको कपाल गाउँको गौरव !

काठमाडौं । चीनको गुआंग्झी प्रान्तस्थित हुआन्गुलो गाउँ लामो कपाल भएका महिलाहरुको गाउँ हो । उक्त गाउँका ८० जना महिला यस्ता छन् जसको कपालको लम्बाई १.४ मिटर देखि २.२ मिटरसम्म छ । महिलाहरुको लामो कपालकै कारण यो गाउँ दुनियाँमा चर्चित छ । महिलाको कपाल हेर्नकै लागि वर्षेनी ८० हजार पर्यटक उक्त गाउँमा पुग्ने गरेका छन् । […]

२०७२ श्रावण १६ गते, शनिबार

आज विश्व बाघ संरक्षण दिवस

काठमाडौ, १३ साउन । आज विश्व बाघ संरक्षण दिवस मनाइँदैछ । संसारबाट घट्दै गएको बाघको संरक्षण तथा संख्या वृद्धिका लागि सहयोग पुराउने उद्देश्यसहित हरेक वर्ष जुलाई २९ मा बाघ संरक्षण दिवस मनाउने गरिएको छ । बाँके, बर्दिया, कञ्चनपुरको शुक्लाफाँटा, चितवन, सिन्धुलीको चुरे क्षेत्रमा मात्रै बाघ पाइने गरेको छ । बाघको छाला, हाड, मासु, दाँत र […]

२०७२ श्रावण १३ गते, बुधबार

रातो मच्छिन्द्रनाथको रथारोहणमा ढिलाई

काठमाडौं, ११ साउन । रातो मच्छिन्द्रनाथको रथारोहण आउँदो भदौ २२ गतेसम्म नहुने भएको छ । यसपाली साउन २० गतेदेखि भदौ ३ गतेसम्म शुक्र ग्रह अष्त हुने र साउन २७ गतेदेखि भदौ २० गतेसम्म बृहस्पति अष्त हुने भएकोले मूर्तिलाई रथारोहण गर्न नमिल्ने रातो मच्छिन्द्रनाथ जात्राको साइत निकाल्ने ज्योतिष समूहका सदस्य दैवज्ञ कीर्तिमदन जोशीले बताएका छन । […]

२०७२ श्रावण ११ गते, सोमबार

आशापुरीमा भक्तजनको ओइरो

काठमाडौँ, १० साउन । डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको आशापुरी महादेवमा हाल दैनिक सयाँै भक्तजन आउने गरेको स्थानीयवासीको भनाइ छ । विशेषगरी डोलेश्वर महादेवलाई केदानाथको शिर घोषणा गरिएपछि त्यहाँ आएका भक्तजन डोलेश्वरबाट चार किमी […]

२०७२ श्रावण १० गते, आईतवार

ठमेल र दरबारमार्गमा रात्रि व्यवसाय सुरु

काठमाडौं, ३ साउन । ७ वर्षदेखि बन्द राजधानीको रात्रीकालिन व्यवसाय संचालन गर्न सरकारले सर्तसहित सैद्धान्तिक स्वीकृती दिएको छ । गृह मन्त्रालयले राजधानीका मुख्य व्यापारिक तया पर्यटकिय केन्द्र ठमेल र दरबारमार्गमा निर्वाध रात्रि व्यवसाय संचालनका लागि सर्तसहित अनुमति दिएको छ। गृह मन्त्रालयले २०६५ असोजमा राति ११ बजेपछि होटल, रेस्टुराँ तथा डान्सबार संचालनमा रोक लगाएको थियो ।

२०७२ श्रावण ३ गते, आईतवार