निलबाराही नाच सकिदै

२०७२ भाद्र १७ गते, बिहीबार

काठमाडौं, १७ भदौ । गाईजात्राको पर्सिपल्टबाट सुरु भएको निलबाराही नाच आज सकिदैछ । बोडेको प्रख्यात जिब्रो छेड्ने र बिस्केट जात्रा पछिको ठूलो ऐतिहासिक महत्व राख्ने जात्राको रुपमा निलबाराही नाचलाई लिने गरिन्छ ।
यस नाचमा भैरव एक, निलबाराही चार, कुमारी चार, सिंह चार, द्वारपाल क्षेत्रपाल दुई र गणेश चार गरी १९ जना देवगणहरुले नाच्ने गर्दछन् । यो नाच नचाउनका लागि बाद्यवादन टोली पनि साथै हुने गर्दछ । यो नाचलाई मूलघरबाट निकालेपछि विभिन्न टोलटोलमा रहेका दोवालयको परिक्रमा गराइन्छ । नाच नभित्र्याएसम्म नाच्ने देवगणले केही पनि खान नहुने, कसैसँग पनि बोल्न नहुने र कहीँ पनि बस्न नहुने मान्यता रही आएको छ । सुवर्ण मल्लको पालादेखि यो नाच मनाउन थालिएको मान्यता छ । नेवार समुदायले यो नाच मनाउने गरेको भए पनि अहिले बोडे क्षेत्रका सबैले यो नाच मनाउने गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

रसुवागढी नाकामा चहलपहल

२०८१ जेष्ठ ७ गते, सोमबार

जानकी नवमी मनाइँदै

२०८१ जेष्ठ ४ गते, शुक्रबार