तानसेनमा सिन्दुर जात्रा मनाईदै

२०७२ भाद्र २० गते, आईतवार

काठमाडौं ,२० भदौ । पाल्पाको तानसेनमा आज सिन्दुर जात्रा मनाईदै छ । अंग्रेजसंगको युद्धमा नेपालले जितेको दिनको सम्झनामा कृष्ण जमाष्टमीको भोलिपल्ट पाल्पाको तानसेनमा विजय उत्सब स्वरुप श्री ७ रणउजिरेश्वरी भगवतीको सिन्दुर जात्रा मनाउने गरिन्छ ।
नेपाल एकीकरणको समयमा तत्कालीन प्रशासक कर्णेल उजिर सिहं थापाले मनाउन शुरु गरेको जात्रा हरेक बर्ष मनाइदै आइएको छ । युद्धमा जानु अघि थापाले युद्ध जितेमा मन्दिर बनाएर प्रत्येक वर्ष विजयको सिन्दुर जात्रा गर्ने भाकल गरी गएकाले यो जात्रा मनाउन सुरु गरिएको हो । त्यसपछि विक्रम सम्वद १८७६ देखि निरन्तर जात्रा मनाउन थालिएको हो । बुटवलको जितगढी लगायतको क्षेत्रमा विजय हासिल गरेपछि रणउजिरेश्वरी भगवति जात्रा मनाउन थालिएको हो ।
जात्राको अघिल्लो दिन शनिबार रातभरी जाग्राम बसेर भगवतिको महिमा गाउने, राति १२ बजे साइत हेराएर भगवतीको रथ उचाल्ने, बली दिने, आइतबार बिहानैदेखि पूजा पाठ गर्ने र दिनभर रथलाई तानसेन बजार परिक्रममा गर्ने प्रचलन छ । जात्रा बजार परिक्रममा गराएपछि मन्दिरमा भित्र्याउने गरिन्छ । जात्राको अवलोकन गर्न पाल्पा, गुल्मी, स्याङजा, पोखरा, बुटवल, अर्घाखाँचीलगायतका जिल्लाबाट मानिस आउने गर्छन् । रथका साथमा नेपाली सेना, प्रहरी, निजामती कर्मचारी, स्थानीय तथा अन्य स्थानबाट आएका भक्तजन र झाँकीको उपस्थिती रहने गर्दछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु