खेल

टी-२० विश्वकप छनोट : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको दोस्रो खेलमा नेपाल मलेसियासँग भिड्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ। घरेलु टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रदैछ । नेपालले समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपाल दोस्रो जितको खोजीमा हुँदा मलेसिया भने […]

२०८० कार्तिक १४ गते, मंगलवार

मेसीले आठौं पटक बालोन डी’ओर अवार्ड जिते !

काठमाडौँ । अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेसीले पुन:फुटबलको सर्वाधिक प्रतिष्ठित अवार्ड बालोन डी’ओरको अवार्ड जितेका छन्।फ्रान्सको पेरिसमा सम्पन्न अवार्ड समारोहमा मेसीलाई अवार्ड प्रदान गरिएको हो। ३६ वर्षीय मेसीले कीर्तिमानी आठौं पटक अवार्ड जित्न सफल रहे। मेसीकै कप्तानीमा तथा सानदार प्रदर्शनमा अर्जेन्टिनाले फिफा विश्वकप जितेको थियो।हाल अमेरिकन क्लब इन्टर मियमीमा आवद्ध रहेका मेसीले यसअघि २००९, २०१०, […]

२०८० कार्तिक १४ गते, मंगलवार

टि–ट्वेन्टी विश्वकप क्रिकेटको छनौट प्रतियोगिता सुरु

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेटको लागि एसियाली क्षेत्रको छनौट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले नेपालले सिंगापुरको सामना गरिरहेको छ । टियु क्रिकेट मैदान किर्तीपुरमा सिंगापुरले टस जितेर व्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ । पहिलो दिनका अन्य खेलहरुमा ओमान र मलेसिया, युएई र बहराइन तथा हङकङ र कुवेत भिड्नेछन् । […]

२०८० कार्तिक १३ गते, सोमबार

विश्वकप क्रिकेट :अष्ट्रेलियाद्वारा न्युजिल्याण्ड पराजित

काठमाडौँ । विश्वकप क्रिकेटमा न्यूजिल्याण्डमाथि अष्ट्रेलियाले पाँच रनको रोमाञ्चक जित निकालेको छ । भारतको धर्मशालामा हिजो भएको खेलमा अष्ट्रेलियाले दिएको ३ सय ८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो । जेम्स निसमले आक्रामक पारी खेल्दै न्यूजिल्याण्डलाई जित नजिक पु¥याएका थिए । अन्तिम ओभरमा […]

२०८० कार्तिक १२ गते, आईतवार

टी–२० विश्वकप : १५ सदस्यीय टोली घोषणा

काठमाडौँ । टी–२० विश्वकप क्रिकेट छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी–२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल र सागर ढकाल, भने टिममा अटाएका छैनन् । एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौँको कीर्तिपुर […]

२०८० कार्तिक ११ गते, शनिबार

नेपाल फिफा वरीयतामा दुई स्थानमाथि उक्लियो

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ । फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयता अनुसार १७५ औँ स्थानमा रहेको नेपाली टिम १७३ औँ स्थानमा पुगेको छ । नेपालले हालैको फिफा विन्डो विश्वकप छनोट–२०२६ को पहिलो चरणमा लाओसलाई समग्रमा २–१ ले पराजित गर्दै विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाएपछी यही […]

२०८० कार्तिक १० गते, शुक्रबार

पारा एसियाली खेलकुद: नेपाललाई कास्य पदक

काठमाडौँ । पारा एसियाली खेलकुदमा नेपालकी पलेशा गोबर्धनले कास्य पदक जितेकी छिन् । पारा तेक्वान्दो खेलाडी पलेशाले चिनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदमा कास्य पदक जितेकी हुन् । उनले तेक्वान्दोको महिला के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि तौल समूहमा कास्यपदक जित्दै इतिहास रचेकी हुन् ।पलेशाले एसियाली पारा खेलकुदमा जितेको कास्य पदक उनको मात्र नभइ नेपालकै निम्ति […]

२०८० कार्तिक ८ गते, बुधबार

एसीसी यू-१९ प्रिमियर कप : नेपाल र जापान खेल स्थगित

काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले स्थगित भएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो । खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ ।नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन […]

२०८० कार्तिक ४ गते, शनिबार

एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ बजे भारतको रत्नश्री अटल बिहारी वाजपेयी क्रिकेट मैदानमा सुरु हुनेछ । जारी विश्वकपमा दुवै टोलीका लागि आजको खेल तेस्रो हो । यसअघिका दुवै खेलमा दुवै टोली जितविहीन छन् । आजको खेलमा अष्ट्रेलिया र श्रीलंका पहिलो जितको खोजीमा […]

२०८० आश्विन २९ गते, सोमबार

सन्दिप लामिछानेद्वारा क्रिकेट नखेल्ने घोषणा !

काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले सामाजिक सञ्जालमार्फत् अब क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् -‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरुबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म यतिबेला मेरो जीवनकै कठिन र चुनौतिपूर्ण समयबाट गुज्रिहरेको छु ।’उनले यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन […]

२०८० आश्विन २६ गते, शुक्रबार