खेल

१९औं एसियाली खेलकुद: महिला कबड्डीमा नेपालद्धारा बंगलादेश पराजित

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला कबड्डीमा नेपालले पहिलो खेल जितेको छ । आज बिहान भएको समुह ‘बि’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई ३७–२४ ले हराएको हो । नेपालले अब दोस्रो खेलमा मंगलबार इरानको सामना गर्नेछ । एसियन गेम्सको महिला कबड्डीतर्फ समुह ‘बि’ मा नेपाल, बंगलादेश र इरान छन्भने समुह ‘ए’ मा […]

२०८० आश्विन १५ गते, सोमबार

नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ । नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनायो । नेपालको लागि कप्तान रोहित कुमार […]

२०८० आश्विन १४ गते, आईतवार

१९औं एसियाली खेलकुद: नेपाल हालसम्म पदकविहीन

काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत बिहीबारसम्म ६ सय १० पदकको छिनोफानो भएको छ । बिहीबारसम्मको खेल प्रदर्शनका आधारमा चीन ९१ स्वर्ण, ५२ रजत र २६ कास्यसहित एक सय ६९ पदक प्राप्त गर्दै शीर्ष स्थानमा रहेको छ ।यस्तै दक्षिण कोरिया २४ स्वर्ण, २३ रजत, ३९ कास्यसहित ८६ पदकका साथ पदक तालिकाको दोस्रो स्थानमा रहेको […]

२०८० आश्विन १२ गते, शुक्रबार

१९औँ एसियाली खेलकुदको उद्घाटन, प्रधानमन्त्री प्रचण्ड सहभागी

काठमाडौं । एसियाली खेलकुदको १९ औ संस्करण चिनको ह्याङचउ शहरमा शनिबारदेखि औपचारिक रुपले सुरु भएको छ । ह्याङचउको ओलम्पिक स्पोर्ट्स सेन्टरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले भव्य समारोहकाबिच १९ औं एसियाडको औपचारिक उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड समेत सहभागी भएका थिए ।१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके […]

२०८० आश्विन ७ गते, आईतवार

Seven Side खुल्ला पुरुष फुटबल प्रतियोगितामा सी युवा क्लब विजयी

काठमाडौँ । गौरीगंगा नगरपालिका वडा नम्बर १० कैलालीले आयोजना गरेको Seven Side पुरुष खुल्ला फुटबल प्रतियोगिताको सुरुवाती चरणमा सी युवा क्लबले विजयी हासिल गरेको छ । सी युवा क्लब कैलालीले मुसुरिया एकेडेमी कलबलाई २–१ गोलको अन्तरले पराजित गरेर सुरुवाती खेलमा आफ्नो जित हासिल गरेको हो । खेल गौरीगंगा नगरपालिका वडा नम्बर १० को उदयासीरको घरेलु […]

२०८० आश्विन ६ गते, शनिबार

वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता हुँदै

काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघले ‘वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ यही असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने बताएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो महासंघले बुधबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो ।उक्त पत्रकार सम्मेलनमा वीरजंङ्ग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता बारे जानकारी दिदै महासंघका […]

२०८० आश्विन ४ गते, बिहीबार

एसिया कप क्रिकेट : पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौँ । एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनलमा प्रवेश गरेको छ । श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने […]

२०८० भाद्र २९ गते, शुक्रबार

अन्तर्राष्ट्रिय खेलाडी सङ्घको उपाध्यक्षमा ज्ञानेन्द्र मल्ल मनोनीत

काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ ।खेलाडी सङ्घले ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए ।मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी […]

२०८० भाद्र २७ गते, बुधबार

यु.एस ओपन टेनिसको उपाधि सर्वियाका जोकोभिचलाई

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा सम्पन्न प्रतियोगिताको फाइनलमा रुसका डानिल मेदबेदेभलाई ३–० को सोझो सेटमा हराउँदै यु.एस ओपन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । मेदबेदेभविरुद्धको खेल जोकोभिचले ६–३, ७–६ र ६–३ ले जिते । जितसँगै जोकोभिचले टेनिसको इतिहासमा सर्वाधिक २४ ग्राण्डस्लाम जित्ने मार्गरेट कोर्टको किर्तीमान बराबरी गरेका छन् ।अष्ट्रेलियन खेलाडी कोर्टले सन् १९६० देखि […]

२०८० भाद्र २५ गते, सोमबार

राष्ट्रिय महिला तथा पुरुष भलिबल भदौ ३० देखि

काठमाडौँ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको छ । लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला दुवैतर्फ पाँच–पाँच टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा […]

२०८० भाद्र २२ गते, शुक्रबार