एसीसी यू-१९ प्रिमियर कप : नेपाल र जापान खेल स्थगित

२०८० कार्तिक ४ गते, शनिबार


काठमाडौँ । एसीसी यू-१९ प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र जापानको खेल वर्षाले स्थगित भएको छ । मलेसियाको बायुमास ओभलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको अवस्थामा खेल प्रभावित भएको हो । खेल स्थगित हुँदा नेपालले २५ ओभर खेल्दै २ विकेट गुमाएर १४० रन बनाएको छ ।
नेपालका लागि ओपनर दीपक बोहोराले ७९ रन बनाए भने अर्जुन कुमाल १० रनमा आउट भए ।आकाश त्रिपाठी ३५ र देव खनाल १० रनमा अविजित छन् । जापानका कजुमा काटो स्टाफोर्ड र किफर यामामोटो लाकेले एक/एक विकेट लिएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु