सन्दिप लामिछानेद्वारा क्रिकेट नखेल्ने घोषणा !

२०८० आश्विन २६ गते, शुक्रबार


काठमाडौँ । क्रिकेटर सन्दिप लामिछानेले सामाजिक सञ्जालमार्फत् अब क्रिकेट प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् -‘मैले भारी मनका साथ आगामी प्रतियोगिताहरुबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म यतिबेला मेरो जीवनकै कठिन र चुनौतिपूर्ण समयबाट गुज्रिहरेको छु ।’
उनले यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको बताउदै लेखेका छन -‘मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरुका लागि कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद। ‘
लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । उनीविरुद्धको मुद्दाको पेसी बिहीबार पनि स्थगित भएको छ । क्रिकेटर लामिछानेले त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु