खेल

पिएसजी युएफा च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

काठमाडौं । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) इटालीको एटलान्टालाई हराउँदै युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए । पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो । […]

२०७७ श्रावण २९ गते, बिहीबार

फिफा विश्वकप र एसियन कप छनोटका बाँकी खेल स्थगित

काठमाडौं । एसियाली फुटवल महासंघ (एएफसी)ले आज एक विज्ञप्ति जारी गर्दै फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गतका बाँकी खेलहरु स्थगित गरेको जनाएको छ । एएफसीले कोरोना भाइरस महामारीका कारण नेपाल सहितका मुलुकले प्रतिस्पर्धा गरिरहेका प्रतियोगिता अन्तर्गतका बाँकी खेलहरु स्थगित भएको जानकारी दिएको हो । विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ […]

२०७७ श्रावण २८ गते, बुधबार

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश

काठमाडौं । गएराति भएको खेलमा डेनमार्कको क्लब कोपेनहागनलाई १-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उसको जितामा ब्रुनो फर्नान्डेजले १ गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । तर ब्रुनो फर्नान्डेजले थपिएको ५ मिनेट अर्थात खेलको ९५ […]

२०७७ श्रावण २७ गते, मंगलवार

राष्ट्रिय फुटबल खेलाडीहरुको कोरोना परीक्षण गरिंदै

काठमाडौं । फिफा विश्वकप छनोटको औपचारिक तयारी सुरु गर्नुअघि अखिल नेपाल फुटबल संघ एन्फाले कर्मचारी र नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरुको कोरोना परिक्षण गर्न लागेको छ । एन्फाले काठमाडौ‌ बाहिरबाट आएर होटेलमा क्वारेन्टिनमा बसिरहेका खेलाडीहरुको परीक्षण गर्ने भएको हो । पाटन अस्पतालमा उनीहरुको कोरोना परिक्षण हुने बताइएको छ । काठमाडौं बाहिरबाट आएका खेलाडीहरु अहिले होटेलमा […]

२०७७ श्रावण २६ गते, सोमबार

च्याम्पियन्स लिग फुटबलका खेल सुरु : आज म्यान्चेस्टर सिटी र मड्रिड भिड्दै

काठमाडौं । कोरोनाका कारण रोकिएको च्याम्पियन्स लिग फुटबलका खेलहरु आजबाट हुँदैछन् । युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगिता च्याम्पियन्स लिगको प्रि–क्वाटरफाईनल दोस्रो लेगका दुई खेल आज राती हुनेछन् । आज इंग्ल्याण्डको म्यान्चेस्टर सिटी र स्पेनको रियाल मड्रिड भिड्दैछन् । यी दुई टोलीबिचको पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भएको थियो । आजै इटालीको युभेन्टसले […]

२०७७ श्रावण २३ गते, शुक्रबार

ड्याबाला ‘सिरी ए’काे वर्षकै उत्कृष्ट खेलाडी

काठमाडौं । युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् । सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा याे […]

२०७७ श्रावण २१ गते, बुधबार

विकास मल्ल राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त

काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा आर्मीका विकास मल्ललाई नियुक्त गरिएको जनाएको छ । तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत हुन । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए ।मल्ल […]

२०७७ श्रावण २१ गते, बुधबार

आईपिएल क्रिकेट सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने

काठमाडौं । भारतको चर्चित क्रिकेट लिग आईपिएल आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ ।प्रतियोगितामा सहभागी […]

२०७७ श्रावण १९ गते, सोमबार

एफए कपको उपाधि आर्सनललाई

काठमाडौँ । विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफए कपको उपाधि आर्सनलले १४ औँ पटक जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४ औँ पटक उपाधि जितेको हो । १० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । […]

२०७७ श्रावण १८ गते, आईतवार

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनयन

काठमाडों । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार विश्वकर्माले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरि राखेपको बोर्ड सदस्यमा ६ जनालाई मनोनयन गरेका छन । मन्त्री विश्वकर्माले खेल बिज्ञ र प्राविधिकको रुपमा रिम रानाभाट , ईन्दिरा निरौलालाई र राष्ट्रिय खेल संघको सिफारिसबाट अर्जुन केसी, सम्पन्न श्रेष्ठ र सुवास श्रेष्ठलाई मनोनयन गरेको बताऐएको छ । यस्तै, परम्परागत, साहसिक […]

२०७७ श्रावण १६ गते, शुक्रबार