पिएसजी युएफा च्याम्पियन्स लिगको सेमिफाईनलमा प्रवेश

२०७७ श्रावण २९ गते, बिहीबार

काठमाडौं । फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) इटालीको एटलान्टालाई हराउँदै युएफा च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा पुगेको छ । गएराति पोर्चुगलको लिस्बनमा भएको क्वाटरफाईनल खेलमा पिएसजी २–१ ले विजयी भयो । खेलको २६ औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिए । पराजयको निकट पुगेको पिएसजीले अन्तिम ३ मिनेटमा २ गोल गर्दै परिणाम उल्टायो । उसका लागि मार्किनोज र एरिक म्याक्सीम चोपो–मोटिङले एक एक गोल गरे ।
पिएसजीको पुनरागमनपछि एटलान्टाको च्याम्पियन्स लिगको शानदार यात्रामा पूर्णविराम लागेको छ । जितसँगै पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो । च्याम्पियन्स लिगको दोस्रो क्वाटरफाईनल खेलमा आज राती जर्मनीको आर.बी लेप्जीग र स्पेनको एथ्लेटिको मड्रिड भिड्नेछन् । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु