म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश

२०७७ श्रावण २७ गते, मंगलवार


काठमाडौं । गएराति भएको खेलमा डेनमार्कको क्लब कोपेनहागनलाई १-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । उसको जितामा ब्रुनो फर्नान्डेजले १ गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टिमले गोल गर्न नसकेपछि ३० मिनेट अतिरिक्त समय थपिएको थियो । तर ब्रुनो फर्नान्डेजले थपिएको ५ मिनेट अर्थात खेलको ९५ औं मिनेटमै म्यान्चेष्टरलाइ अग्रता दिलाएका थिए । म्यान्चेष्टर युनाइटेडले अब अगष्ट १६ मा फाइनल प्रवेशका लागि वोल्भरहम्पटन र सेभियाबीचको विजेतासँग खेल्ने छ ।

प्रतिक्रियाहरु