विकास मल्ल राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त

२०७७ श्रावण २१ गते, बुधबार


काठमाण्डौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक समितिले नेपाली राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा आर्मीका विकास मल्ललाई नियुक्त गरिएको जनाएको छ । तेह्र वर्षसम्म राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण सदस्य रहेका मल्ल नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका पूर्वकप्तान एवं गोलकिपरसमेत हुन । मल्लले सन् २००५ देखि सन् २०१३ सम्म राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए ।
मल्ल एन्फा एकेडेमीको उत्पादन हुन । उनले राष्ट्रिय टोलीमा जापानी गोलकिपर प्रशिक्षक हिरो मिट्सुमारूको स्थान लिने एन्फाले जनाएको छ । फिफा विश्वकप, २०२२ र एएफसी एशियन कप, २०२३ लाई ध्यानमा राख्दै मल्ललाई गोलकिपर प्रशिक्षकका रुपमा छनोट गरिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु