आईपिएल क्रिकेट सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने

२०७७ श्रावण १९ गते, सोमबार

काठमाडौं । भारतको चर्चित क्रिकेट लिग आईपिएल आगामी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म युएईमा हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता हुने निश्चित भएको हो । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब यसको सम्पूर्ण तयारी युएईमा केन्द्रित हुने भएको छ ।
प्रतियोगितामा सहभागी हरेक टिममा यस पटकदेखि २४ खेलाडी राख्न पाउने नयाँ नियम बनाइएको छ । प्रतियोगिताअन्तर्गत हरेक आइतबार दिनको दुई खेल हुनेछन् भने अन्य दिन एउटा मात्र खेल हुने छ । दर्शकको उपस्थितिबारे भने औपचारिक निर्णय हुन बाँकी छ । यूएई क्रिकेट बोर्डले आइपीएलका बेला ३५ प्रतिशत दर्शक राख्न सरकारसँग प्रस्ताव गर्ने बताएको छ । -एजेन्सी

प्रतिक्रियाहरु