एफए कपको उपाधि आर्सनललाई

२०७७ श्रावण १८ गते, आईतवार


काठमाडौँ । विश्व फुटबलको सबैभन्दा पुरानो प्रतियोगिता एफए कपको उपाधि आर्सनलले १४ औँ पटक जितेको छ । वेम्बलीमा शनिबार राति भएको फाइनल खेलमा पेरिक एम्रकी आबुमियाङको २ गोल मद्दतमा आर्सनलले चेल्सीलाई २–१ गोल अन्तरले पराजित गर्दै १४ औँ पटक उपाधि जितेको हो । १० खेलाडीमा सीमित चेल्सीका लागि क्रिस्टियन पुलिसिचले एक गोल फर्काएका थिए । निकै रोमाञ्चक र तनावपूर्णसमेत बनेको फाइनल खेलमा एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै आर्सनलले उपाधि चुमेको हो ।
खेलको पाँचौँ मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए तर २८ औँ मिनेटमा आबुमियाङले पेनाल्टीमा गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औँ मिनेटमा आबुमियाङले गरेको व्यक्तिगत दोस्रो गोल नै आर्सनलका लागि निर्णायक साबित भयो । ७३ औँ मिनेटमा माटियो कोभासिचले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु