ड्याबाला ‘सिरी ए’काे वर्षकै उत्कृष्ट खेलाडी

२०७७ श्रावण २१ गते, बुधबार


काठमाडौं । युभेन्ट्सका फरवार्ड पाउलो ड्याबाला सिरी ए सिजनकाे यस वर्षकाे उत्कृष्ट खेलाडी घाेषित भएका छन् । क्लबका सहकर्मी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै ड्याबालाले यस सिजनको प्लेयर अफ द इयर अवार्ड हात पारेका हुन् । सिरी एले वार्षिक रुपमा प्रदान गरिने याे अवार्ड यस वर्ष ड्याबालालाई दिने निर्णय गरेको हो । रोनाल्डोले दोस्रो सिजनमा याे अवार्ड प्राप्त गर्न सकेनन् । पहिलो सिजनमा उनले याे अवार्ड प्राप्त गरेका थिए । ड्याबालाले यस सिजन ३३ खेलमा ११ गोल गरेका थिए । उनले ११ गोलको अवसर समेत सिर्जना गरेका थिए ।
रोनाल्डो युभेन्ट्समा आएपछि ड्याबाला नयाँ भूमिकामा आफूलाई स्थापित गर्न प्रयासरत छन् । मौरिसियो सर्री युभेन्ट्स आएपछि ड्याबालालाई नयाँ जिम्मेवारी दिएका छन् ।
प्लेमेकरको जिम्मेवारी पाएका ड्याबालाले लगातार नवौं पटक युभेन्ट्सलार्ई लिग जिताउन महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे । रोनाल्डोले यस सिजन सिरी एमा ३१ गोल गरेका थिए । उनी लाजियोका इम्मोबिलसंग सर्वाधिक गोलकर्ताको दौडमा ५ गोलले पछि परे ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु