खेल

नाडालले जिते १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

काठमाडौं । गएराति पेरिसमा भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् । नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न […]

२०७७ आश्विन २६ गते, सोमबार

जोकोभिच फ्रेन्च ओपनको क्वाटरफाईनलमा

काठमाडौं । फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको चौथो चरणको खेलमा शिर्ष वरियताका सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । रुसका करेन खाच्नोभलाई पराजित गर्दै जोकोभिच क्वाटरफाइनलमा पुगेका हुन् ।विश्व नम्बर एक जोकोभिचले करेनमाथि ६–४, ६–३ र ६–३ को जित निकाले । दोस्रो पटक फ्रेन्च ओपनको उपाधि जित्ने लक्ष्यमा […]

२०७७ आश्विन २० गते, मंगलवार

क्यानले खेलाडीको वर्गीकरण परिमार्जन गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ले राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरण परिमार्जन गर्ने भएको छ । खेलाडी वर्गीकरणको चौतर्फी विरोधपछि क्यानले वर्गीकरण परिमार्जन गर्ने तयारी गरेको हो । क्यानले आज एक विज्ञप्ति प्रकाशित गर्दै खेलाडी वर्गीकरण निर्धारण समितिलाई टिमका कप्तान, प्रशिक्षकसँग छलफल गरेर सुझावसहितको नयाँ वर्गीकरण प्रतिवेदन बोर्ड बैठकमा पेश गर्न निर्देशन […]

२०७७ आश्विन १५ गते, बिहीबार

लिभरपुलद्वारा आर्सनल पराजित

काठमाडौँ । गएराति भएको ईङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आर्सनललाई ३–१ गोल अन्तरले हराएको छ । लिभरपुलका लागि साडियो माने, रोबर्टस र डियोगो जोटाले एक–एक गोल गरे । उल्भ्सबाट लिभरपुल आएका जोटा डेब्यु गरेको खेलमा गोल सफल भएका हुन । आर्सनलका लागि एलेक्जेन्डर लाकाजेट्टीले एक गोल गरे ।लिभरपुल लिगमा शतप्रतिशत जित सहित ३ खेलमा ९ […]

२०७७ आश्विन १३ गते, मंगलवार

आईपीएलमा कोलकत्ता नाइट राइडर्स विजयी

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले पहिलो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै कोलकत्ताले पहिलो जित निकालेको हो । दोश्रो खेलमा कोलकाताको यो पहिलो जित हो भने दुई खेल नै खेलेको हैदराबादको लगातार दोश्रो हार हो ।खराब […]

२०७७ आश्विन ११ गते, आईतवार

चेल्सी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश

काठमाडौं । इंग्लिस प्रिमियर क्लब चेल्सी काराबाओ कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । गएराति भएको तेस्रो चरणको खेलमा बान्र्सलेलाई ६–० ले हराउँदै चेल्सी लिक कपको चौथो चरणमा पुगेको हो । चेल्सीका लागि काई हाभर्ट्जले ‘ह्याट्रिक’ गर्दा ट्यामी अब्राहम, रोस बार्क्ले र ओलिभर जिरुले एक/एक गोल गरे । यसै सिजनमा चेल्सी प्रवेश गरेका जर्मन […]

२०७७ आश्विन ८ गते, बिहीबार

विश्व साइकल सम्मेलन सम्पन्न

काठमाडौं । कोरोनाको महामारीका कारण भर्चुअल मध्यमबाट विश्व साइकल फोरमको सम्मेलन नेपालमा सम्पन्न भएको छ । सन् २०१८ मा विश्व साइकल फोरमको ९ औं सम्मेलन नेपालमा गर्ने निर्णय भएको थियो । विश्व भरका साइकलयात्री नेपालमा उपस्थित भएर सम्मेलन गर्ने कार्यक्रम भए पनि कोरोनाको कारण सो हुन सकेन । सम्मेलनमा नेपालका सहरलाई कसरी साइकल शहरको रुपमा […]

२०७७ आश्विन ७ गते, बुधबार

आईपीएल शुरु हुँदै

काठमाडौं। इन्डियन प्रिमियर लिग ‘आईपीएल’ ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आज बेलुका सात बजेर ४५ मिनेटमा यूएईमा उदघाटन हुदैछ । पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उपविजेता चेन्नई सुपर किङ्स प्रतिस्पर्धा गर्दैछन् । अबुधाबीको शेख जायद स्टेडियममा दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्ने दुबै टोलिको तयारी छ । मुम्बई रोहित शर्मा र […]

२०७७ आश्विन ३ गते, शनिबार

नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन

काठमाडौं । न्यूयोर्कमा भएको फाइनलमा भिक्टोरिया अजारेन्कालाई पराजित गरेर नाओमी ओशाका पुनः युएस ओपन च्याम्पियन बनेकी छन् । जापानी खेलाडी ओशाकाले युएस ओपनको महिला एकल तर्फको उपाधि जितेकी हुन् । सन् २०१८ मा पनि उपाधि जितेकी चौथो बरियताकी २२ वर्षे ओशाकाले बेलारुसकी अजारेन्कालाई १–६, ६–३ र ६–३ को सेटमा पराजित गरेकी हुन् । सन् २०१३ […]

२०७७ भाद्र २८ गते, आईतवार

रोनाल्डोले विश्वकै महंगो कार चढ्ने !

काठमाडौं । चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वकै महंगो कार खरिद गरेका छन् । केही साता अघि उनले विश्वकै महंगो बुगाटी ला भोइटर नोइर कार ८.५ मिलियन युरो अर्थात करिव १ अर्ब २० करोड रुपैयाँमा खरिद गरेका हुन् । उक्त कारको साथमा खिचेको तस्वीर निकै भाइरल बनेको थियो । उक्त कार विश्वभर १० युनिट मात्र उत्पादन […]

२०७७ भाद्र २४ गते, बुधबार