कतारसग सम्बन्ध सुधार्न टोली जादै

२०७२ माघ ९ गते, शनिबार

काठमाडौ, ९ माघ । परराष्ट्र सचिव शंकरदास बैरागी नेतृत्वको टोली आज चारदिने औपचारिक भ्रमणमा कतार जान लागेको छ । दुईपक्षीय तिक्ततालाई मित्रतामा ल्याई सम्बन्ध मजबुत बनाउने उद्देश्यले टोली कतार जान लागेको मन्त्रालयले जनाएको छ ।
परराष्ट्र सचिव स्तरीय बैठकका लागि नेपालले सम्बन्ध सुधार गर्ने, कामदारको हितमा निर्णय लिने र कामदार पठाउने एजेण्डा तय गरेको हो । कतारको आन्तरिक मामिलामा बोलेर विवादित बनेपछि करिब तीन वर्षअघि राजदूत मायाकुमारी शर्मालाई फर्काउन नेपाल बाध्य भएको थियो । बाहिर राम्रो देखिए पनि भित्रीरूपमा त्यो प्रकरणपछि नेपाल र कतारबीचको सम्बन्धमा चिसोपना रहँदै आएको छ । कतारमा अहिले राजदूतविहिन छ । कतारलगायत सबै खाडी मुलुकमा परराष्ट्र सचिवको टोलीले दूतावासको अध्ययन तथा समकक्षीसँग अन्तक्रिया गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु