सहिद सप्ताह सुरु

२०७२ माघ १० गते, आईतवार

काठमाडौ, १० माघ । आजदेखि सहिद सप्ताह सुरु भएको छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा सरकारले प्रत्येक वर्ष जस्तै यो वर्ष पनि सहिद सप्ताह मनाउँदैछ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सहिद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रम गरी सहिद सप्ताह मनाउने गरेको छ । वि.सं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्ने गरिएको छ ।
यसवर्ष पनि महानगरपालिकाले चार सहिदलाई मृत्युदण्ड दिइएको स्थानमा गएर श्रद्धाञ्जलि कार्यक्रम गर्नाका साथै प्रभातफेरी आयोजना गर्ने भएको छ । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले तत्कालीन निरंकुश जहानियाँ राणा शासन अन्त्यको अभियानमा आफ्नो जीवन दिएका थिए । सहिद शुक्रराज शास्त्रीलाई पचलीमा माघ १० गते, धर्मभक्त माथेमालाई सिफलमा १३ गते तथा १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभा भगवतीमा गएर श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको छ । त्यस्तै, माघ १६ गते भने मूल कार्यक्रम गरेर सहिदहरूको सम्झना गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु