नयाँ शक्तिको प्रवक्तामा खिमलाल देवकोटा

२०७२ माघ १३ गते, बुधबार

काठमाडौं, १३ माघ । नयाँ शक्तिको प्रवक्तामा खिमलाल देवकोटा तोकिएको छ । राष्ट्रिय परिषदमा २२ पूर्व माओवादी नेताहरु थपिएपछि पहिलो बैठक बुधबार बबलमहलस्थित पार्टी कार्यालयमा बसेको थियो । बैठकले आर्थिक, प्रचार र संगठन विभाग बनाएको छ भने कार्यालय व्यवस्थापन टीम पनि गठन गरेको छ ।
संगठन विभागमा देवेन्द्र पौडेल, रामचन्द्र झा, पासाङ शेर्पा, कल्पना धमला, नवराज सुवेदी, तिलक थापामगर र महेन्द्र पासवान छन् भने आर्थिक विभागमा रामेश्वर खनाल, राजेन्द्र केसी र डा. केशवमान शाक्य छन् ।
प्रचार विभागमा भने मुमाराम खनाल, मुक्ति रिजाल र रामरिझन यादव रहेमा छन् । कार्यालय व्यवस्थापनका लागि केशव दाहाल, दुर्गा सोब, कुमार पौडेलको टीम बनाइएको छ । चारवटै विभागले आफ्नो अवधारणा बनाएर १५ गतेको बैठकमा पेश गर्ने प्रवक्ता देवकोटाले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु