निजी कार तथा जिपलाई इन्धन दिइदै

२०७२ माघ १३ गते, बुधबार

काठमाडौ, १३ माघ । नेपाल आयल निगमले आज काठमाडौ उपत्यका र आसपासका क्षेत्रमा १ देखि ६ लटसम्मका चार पाङ्ग्रे निजी कार तथा जिपलाई पेट्रोल वितरण गर्ने भएको छ । निगमले आजदेखि ३ दिन लटअनुसार निजी चार पाङग्रे कार तथा जीपलाई पेट्रोल वितरण गर्न लागेको हो । पहिलो दिन १ देखि ६ लटसम्मका चार पाङ्ग्रे सवारीलाई पेट्रोल दिएपछि दिन बिराएर अन्य लटका चार पाङग्रे सवारीलाई पेट्रोल दिने तयारी निगमले गरेको छ तर, यसबारे कुनै निर्णय भने लिइसकेको छैन् । ब्लु–बुक नविकरण भएका निजी कारहरुले मात्र ब्लु–बुकसहित लाइनमा बसेर बुधबार बिहान ९ बजेदेखि तेल प्राप्त गर्न सक्ने निगमले जनाएको छ । उपत्यकाका विभिन्न ५९ ओट पम्पबाट प्रतिकार १५ लिटरका दरले पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु