समाज

प्रहरीसँग दोहोरो झडप, एमाले नेता राईसहित दुई घाइते

काठमाडौं, २३ चैत । प्रहरीसँगको दोहोरो झडपमा नेकपा (एमाले) खोटाङ काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष अर्जुनभक्त राई घाइते हुनुभएको छ । एमाले खोटाङको नेतृत्वमा आज यहाँस्थित सडक विभाग कार्यालयमा धर्ना दिइरहेको अवस्थामा उक्त घटना भएको खोटाङ– २ नम्बर क्षेत्रका सांसद एवम् एमाले केन्द्रीय सदस्य विशाल भट्टराईले बताउनुभयो । अढाइ वर्ष पहिले फोक्सिङटार–सुनकोसी पुल निर्माण सम्झौता भए […]

२०७२ चैत्र २३ गते, मंगलवार

बार निर्वाचनको मतगणना सुरु

काठमाडौ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार देशका विभिन्न ३३ स्थानमा भएको निर्वाचनको मतपेटिका काठमाडौं आइसकेकाले आजवाट मतगणना हुने भएको छ । नेपाल बार एसोसिएसनको हलमा बिहान ९ बजेपछि मतगणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा चार जनाले प्रतिस्पर्धा गरेका छन् । शेरबहादुर केसी […]

२०७२ चैत्र २३ गते, मंगलवार

बलात्कारको क्षतिपुर्ति १२ सय किलो गहुँ !

काठमाडौ, २२ चैत । पाकिस्तानमा सामूहिक बलात्कारको शिकार बनेकी एक १४ वर्षीया किशोरीलाई स्थानीय भद्रभलादमीले १२ सय किलो गहुँ दिएर मिलाएका छन् । घटना पाकिस्तानको सिन्ध सुबेस्थित उमरकोट जिल्ला गुलाम नबी खान क्षेत्रको हो । केही दिनअघि १२ वर्षीया पीडितका भाइ प्रहरी चौकरीका उजुरी दिएका थिए । उजुरी दिएलगत्तै पीडक पक्षले पीडित पक्षलाई दबाव दिइरहेको […]

२०७२ चैत्र २२ गते, सोमबार

बिस्केट जात्राको तयारी सुरु

काठमाडौँ, २१ चैत । भक्तपुर नगरपालिकाले यसवर्षको बिस्केट जात्राका लागि भूकम्प पीडितको अस्थायी शिविर हटाइएको छ । भक्तपुर नगरपालिकाको ल्यासिंखेल स्थित बिस्केटको लिङ्गो उठाउने ठाउँमा बस्दै आएका भूकम्प पीडितलाई अन्यत्रै सारिएको हो । लिङ्गो उठाउने ठाउँमा बस्दै आएका झण्डै ६० घर परिवार भूकम्प पीडितलाई नहटाउँदा जात्रा नै रोकिने भएपछि उनीहरुलाई अन्यत्र सारिएको महानगरीय प्रहरी परिषर […]

२०७२ चैत्र २१ गते, आईतवार

भूकम्प पिडितलाई अनुदान वितरण प्रक्रिया सुरु

काठमाडौ, २१ चैत । पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित आठ जिल्लामा अनुदान बितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार आज आठ जिल्लाका आठ वटा गाउँ छनौट गरेर अनुदान पाउनेको सूची सार्वजनिक गर्न लागिएको छ । सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । सूचीमा नपरेका व्यक्तिले भने […]

२०७२ चैत्र २१ गते, आईतवार

बारको मतदान सुरु

काठमाडौ, २० चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनाली र लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्दै छ्न । दुवै समूहले छुट्टाछुट्टै प्रतिबद्धता सार्वजनिकगर्दै जित्ने दावी गरेका छन् । बारको नयाँ कार्यसमिति निर्वाचनमा प्रगतिशील […]

२०७२ चैत्र २० गते, शनिबार

हवल्दार हुँ भन्दै ठग्ने युवती पक्राउ

काठमाडौं, १९ चैत । सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भन्दै ठगि गर्दै आएकी २४ वर्षीया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ । उनले आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने गर्दै आएको प्रहरीलाई बताएको छ । सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर ६ बस्ने […]

२०७२ चैत्र १९ गते, शुक्रबार

इयु र भारतको वक्तव्य आपत्तिजनक

काठमाडौं, १८ चैत । ‘नेपालको संविधान अपूरो रहेको’ भन्दै युरोपेली युनियन र भारतले वक्तव्य निकालेकोप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै ‘लोकतान्त्रिक विधिबाट जारी भएको संविधानलाई अपूरो भन्दै वक्तव्यबाजी गर्नुले नेपाली जनताको भावनामा चोट चोट पुर्‍याएको’ बताएको हो । ‘संविधान निर्माण नेपालको नितान्त आन्तरिक मामिला हो’ भन्दै विज्ञप्तिमा […]

२०७२ चैत्र १८ गते, बिहीबार

तेह्र नाबालकसहित २४ जना पक्राउ

काठमाडौं, १८ चैत । नेपालबाट भारतमा रोजगारीका लागि जाँदै गरेको १३ नाबालकसहित २४ जनालाई आज बिहान महोत्तरीको नेपाल भारत सीमामा खटिएका भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ । नेपालको महोत्तरी, सिरहा र सिन्धुलीबाट भारतमा रोजगारीका लागि जाँदै गरेका २४ जनालाई भारत विहार राज्यको सीतामढीमा अवस्थित ‘चाइल्ड लाइन’ नामक संस्थाले एसएसबीद्वारा पक्राउ गर्न लगाएको […]

२०७२ चैत्र १८ गते, बिहीबार

लोकतन्त्र दिवसको सार्वजनिक बिदा हटाइयो

काठमाडौं, १८ चैत । सरकारले आउँदो वर्षको क्यालेण्डर पारित गर्दै लोकतन्त्र दिवसको सट्टा संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अबदेखि वैशाख ११ गते लोकतन्त्र दिवसको बिदा नहुने गृह मन्त्रालयले जनाएको छ । जेठ १५ को गणतन्त्र दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको बिदा पनि असोज ३ […]

२०७२ चैत्र १८ गते, बिहीबार