लोकतन्त्र दिवसको सार्वजनिक बिदा हटाइयो

२०७२ चैत्र १८ गते, बिहीबार

काठमाडौं, १८ चैत । सरकारले आउँदो वर्षको क्यालेण्डर पारित गर्दै लोकतन्त्र दिवसको सट्टा संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । अबदेखि वैशाख ११ गते लोकतन्त्र दिवसको बिदा नहुने गृह मन्त्रालयले जनाएको छ । जेठ १५ को गणतन्त्र दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको बिदा पनि असोज ३ गते गाभ्नेबारे छलफल भएपनि यसबारे अहिलेलाई लोकतन्त्र दिवसको बिदा मात्र कट्टा गरिएको हो ।
यस्तै सरकारले फाल्गुनन्द जयन्तीको दिन किराँत समुदायलाई सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । किराँत समुदायले हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जयन्ती मनाउने गर्छन् । अबदेखि क्रिसमस डे को दिन क्रिश्चियन धर्मावलम्बीले मात्र बिदा पाउने गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु