बार निर्वाचनको मतगणना सुरु

२०७२ चैत्र २३ गते, मंगलवार

काठमाडौ, २३ चैत । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिबार देशका विभिन्न ३३ स्थानमा भएको निर्वाचनको मतपेटिका काठमाडौं आइसकेकाले आजवाट मतगणना हुने भएको छ । नेपाल बार एसोसिएसनको हलमा बिहान ९ बजेपछि मतगणना शुरु गरिने निर्वाचन समितिले जनाएको छ । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा चार जनाले प्रतिस्पर्धा गरेका छन् । शेरबहादुर केसी र विजयकान्त मैनाली, रामप्रसाद प्रजापति र मनोहर साहले अध्यक्षमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचनमा केसी र मैनालीबीच नै मुख्य प्रतिस्पर्धा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु