भूकम्प पिडितलाई अनुदान वितरण प्रक्रिया सुरु

२०७२ चैत्र २१ गते, आईतवार

काठमाडौ, २१ चैत । पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित आठ जिल्लामा अनुदान बितरणको प्रक्रिया सुरु गर्ने भएको छ ।पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार आज आठ जिल्लाका आठ वटा गाउँ छनौट गरेर अनुदान पाउनेको सूची सार्वजनिक गर्न लागिएको छ । सूचीमा परेका व्यक्तिले अनुदानको रकम भने केही दिनमा पाउने छन् । सूचीमा नपरेका व्यक्तिले भने दुईलाख अनुदान, सामुहिक जमानीको तीन लाख ऋण पाउने छैनन । सिन्धुपाल्चोक र मकवानपुरको गाउँ छनौटका विषयमा भने सहमति भएको छैन । छनौट भएका आठ जिल्लामा आठवटा गाउँमा पुनःनिर्माण पनि तत्काल सुरु हुनेछ । थपलियाका अनुसार गोरखाको हंसपुर, धादिङको मार्पाक, नुवाकोटको खरानीटार, काभ्रेको रवीओपी, रामेछापको मन्थली नगरपालिकाको ओख्रेनी, सिन्धुपाल्चोकको रातमाटा, झाँगाझोली, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका र रसुवाको धुन्चे रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु