बारको मतदान सुरु

२०७२ चैत्र २० गते, शनिबार

काठमाडौ, २० चैत । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समूहबीच कडा प्रतिस्पर्धा हुने भएको छ । प्रगतिशील समूहको नेतृत्व विजयकान्त मैनाली र लोकतान्त्रिक समूहको नेतृत्व शेरबहादुर केसीले गर्दै छ्न । दुवै समूहले छुट्टाछुट्टै प्रतिबद्धता सार्वजनिकगर्दै जित्ने दावी गरेका छन् । बारको नयाँ कार्यसमिति निर्वाचनमा प्रगतिशील समूहबाट अध्यक्षमा मैनाली, उपाध्यक्षमा पूर्वाञ्चलबाट टङ्क उप्रेती, मध्यमाञ्चल (उपत्यका बाहिर) बाट रामसहाय राय यादव र रमेश बडाल (उपत्यका),पश्चिमाञ्चलबाट गुमानसिंह अर्याल, मध्यपश्चिमाञ्चलबाट शालिकराम सापकोटा र सुदूरपश्चिमाञ्चलबाट कलानन्द उपाध्याय तथा महिलामा उषा मल्ल पाठक रहेका छन । महासचिवमा दीनमणि पोखरेल र कोषाध्यक्षमा हरिबहादुर खड्का उम्मेदवार रहेका छन ।
लोकतान्त्रिक समूहका अध्यक्षमा केसी, पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा विनय सिंह,काठमाडौँ उपत्यका उपाध्यक्षमा मोतीराज गौतम,पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चलमा रेवतीरमण भट्टराई, सुदूरपश्चिमाञ्चल उपाध्यक्षमा गङ्गाराम पाध्य र महिला उपाध्यक्षमा शान्ता सेढाईँ सापकोटाले उम्मेदवारी दिएका छन ।
महासचिवमा खम्मबहादुर खाती र कोषाध्यक्षका लागि ज्ञानरत्न शाक्यले उम्मेदवारी दिएका छन । बारको नयाँ कार्यसमितिको निर्वाचनमा लागि देशभर ३३ निर्वाचन केन्द्र तोकिएको छ । पदाधिकारीसहित २५ जनाको नयाँ कार्यसमितिका लागि ७१ जनाको उम्मेदवारी परेको छ ।
मुलुकभर बारका नौ हजार ५ सय २२ मतदाता छन् । बिहान ८ बजेपछि मतदान सुरु भएर दिउँसो ४ बजेसम्म सञ्चालन हुने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत हरिशङ्कर निरौलाले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु