आज बसेको मन्त्रिपरिषदको निर्णय

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले भूकम्पपीडितलाई उपलब्ध गराउने जस्तापाता खरिद गर्न नेसनल र साल्ट ट्रेडिङलाई जिम्मा दिने निर्णय गरेको छ । बैठकले नेपाली उद्योगका जस्तापाता पर्याप्त नहुने भन्दै विदेशबाट जस्ता किन्न नेसनल र साल्ट ट्रेडिङलाई जिम्मा दिने निर्णय गरेको हो । यसरी किनिने जस्तापातामा ५० प्रतिशत भन्सार छुट दिइने निर्णय पनि सरकारले गरेको छ ।
त्यसैगरी, भूकम्पपीडितलाई परिचयपत्र वितरण सहज बनाउने उद्देश्यले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई पनि जिम्मेवारी दिने निर्णय गरिएको छ ।
बैठकले भूकम्प प्रभावित जिल्लाका कृषकलाई दुई आर्थिक वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतीक प्रधानलाई नियुक्त गर्ने निर्णय पनि गरेको सूचना तथा सन्चारमन्त्री एवं सरकारका प्रवक्ता डा. मीनेन्द्र रिजालले जानकारी दिए ।त्यस्तै, चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई र साँस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राईलाई नियुक्त गरिएको छ ।

प्रतिक्रियाहरु