एमाले प्रवेश गर्नेको लहर

२०७२ जेष्ठ २२ गते, शुक्रबार

काठमाडौं, २२ जेठ । रुपन्देहीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका अन्य पार्टी परित्याग गरेर १६ जना नेता÷कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश क्षेत्र नं. १ का हुन् । एमाले प्रवेश गर्नेहरुमा राप्रपाका केन्द्रीय संगठन विभाग सदस्य ताहिर अलि, जिल्ला प्रवक्ता झिल्लु प्रसाद न्यौपाने, फोरम नेपालका जिल्ला सदस्य जयप्रकाश यादवलगायत रहेका छन् ।
यस्तै राप्रपा सिक्टहनका अध्यक्ष अरिनरुद्र चौधरी, जिल्ला महिला संघ अध्यक्ष पद्मा कुमारी थापा, राप्रपा पजरकट्टी अध्यक्ष अन्नान अहमद भाट, राप्रपा क्षेत्रीय सदस्य ओमप्रकाश भट्टराई पनि एमाले प्रवेश गरेका छन् । राप्रपा क्षेत्रीय सदस्य शमसुल हक अन्सारी, राप्रपा देवदह नगर समिति सदस्यहरु जीत बहादुर गुरुङ, दिनामणि पाण्डे, गंगाराम विक, नेपाल समता पार्टीका जिल्ला अध्यक्ष टेक बहादुर थापा, संविधानसभामा अखण्ड पार्टीको तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुमान सिंह कु“वर पनि एमाले प्रवेश गरेका छन् । यसैगरी राप्रपा जिल्ला सदस्यहरु दिलिप यादव, गौमति चौधरी, युवा संघका दुधनाथ यादव रहेका छन् ।
बिहीबार बुटवल स्थित अञ्चल पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनीहरु औपचारिक रुपमा एमालेमा प्रवेश गरेका हुन् । एमाले जिल्ला प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुद्धार संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘मुलुकको नवनिर्माण, सामाजिक न्याय र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने अभियानमा राप्रपा, अन्य क्षेत्रीय पार्टीको विचार र संगठनबाट सम्भव देखिएन । यसर्थ उक्त कार्यहरु एमालेको नेतृत्वबाट मत्र सम्भव हुने देखिएकाले आजैका मितिदेखि एमालेको पार्टी विधान, दस्तावेजलाई अनुसरण गर्दै एमालेमा समाहित हुने निर्णय गरेका छौं ।’
उनीहरुले मुलुकको अग्रगामी रुपान्तरण, विकास र परिवर्तनका लागि उचित पार्टी एमाले रहेको बताए । एमालेका नवप्रवेशीहरुले पार्टीको उचित भूमिकाको माग पनि गरे । राप्रपाका जिल्ला प्रवक्ता न्यौपानेले एमालेमा प्रवेश गर्दाको क्षण आफ्ना लागि अत्यन्त सुखद् रहेको बताए ।
कार्यक्रममा राप्रपालगायतका अन्य पार्टीका नेता÷कार्यकर्तालाई एमाले प्रवेश गराउ“दै पार्टी केन्द्रीय सदस्य लिला गिरीले सबैलाई योग्यता र क्षमताका आधारमा उचित जिम्मेवारी दिइने बताए । कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु सिद्धिचरण भट्टराई, ध्रुव खरेल, प्रेस चौतारी जिल्ला अध्यक्ष अमृत गिरी, राप्रपाका केन्द्रीय संगठन विभाग सदस्य ताहिर अलिलगायतले पनि बोलेका थिए । कार्यक्रम एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीको अध्यक्षता र सचिव दिनेश पाण्डेको सञ्चालनमा भएको हो ।

प्रतिक्रियाहरु