नेता र कलाकारबीच मैत्रीपुर्ण फुटवल खेल हुँदै

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौँ ,२३ जेठ । भूकम्पपीडितलाई सहयोग संकलन गर्न राजनीतिक दलका नेता र कलाकारबिचको मैत्रीपुर्ण फुटवल खेलको राष्ट्रपति डाक्टर रामबरण यादवले उद्घाटन गरेका छन । प्रधानमन्त्री सुशील कोइरालासहितका शिर्ष नेता र चर्चित कलाकारहरुबीचको खेलमा नेताको टीमबाट प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पुर्व प्रधानमन्त्रीहरु शेरवहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, युवा नेताहरु गगन थापा, रविन्द्र अधिकारी बर्षमान पुन लगायत सहभागी छन् ।
त्यस्तै, कलाकारको टोलीमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, मनिषा कोइराला, करिष्मा मानन्धर, दिपकराज गिरी, दिपाश्री निरौला, झरना थापा, दिलिप रायमाझी, सुनिल थापा, केदार घिमिरे लगायत सहभागी छन् ।

प्रतिक्रियाहरु