८ प्रदेश बनाउन सैद्धान्तिक सहमति

२०७२ जेष्ठ २५ गते, सोमबार

काठमाडौं,२५ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको चार प्रमुख राजनीतिक शक्तिहरुको बैठकले ८ प्रदेशमा सैद्धान्तिक सहमति जुटाएका छन । सहमतिलाइ आज साँझ बस्ने बैठकले लिखित सहमति गर्नेछ । आज दिनभरीमा कुनै गडबडी भएन भने नाम र सिमाना नछुट्याइएका ८ संघीय प्रदेशमा जाने सहमति सहित दलहरुबीच संविधानका विवादि विषयमा लिखित सम्झौता हुने भएको छ ।‘नाम सम्बन्धित प्रदेश सभाले राख्ने र सिमांकन विज्ञहरुको आयोगले गर्ने गरि ८ प्रदेशमा सहमति भएको छ’ बैठकपछि एमालेका महासचिव इश्वर पोरखेलले भने, ‘कुनै गडबड भएन भने साँझ लिखित सहमति हुन्छ ।’
यसअघि बढिमा ६ प्रदेश भन्दै आएका कांग्रेस-एमाले ८ प्रदेश मान्न तयार भएको र सिमांकन अहिलेनै गर्नुपर्छ भन्दै आएका एमाओवादी र मधेसी मोर्चाले आयोगको सिमांकन मान्न तयार भएको अवस्थामा नयाँ सहमति हुन लागेको हो । बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु सहभागी थिए । बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, ‘८ प्रदेशमा सैद्धान्तिक सहमति भएको छ । आजै साँझ फेरि बैठक बसेर अन्तिम टुंगो लगाउछौं ।’

प्रतिक्रियाहरु