नेताले खाए तीन गोल

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडाैँ, २३ जेठ । भूकम्पपीडितको सहयोगार्थ राजनीतिक दलका शीर्ष नेता र कलाकारबीच भएको मैत्रीपूर्ण फुटबलमा कलाकार टिम ३ गोल प्रहार गरी बिजयी भएको छ । खेलमा पराजित भएपछी प्रधानमन्त्री सुशीलकोइरालले कलाकारहरुसँगको मैत्री पूर्ण फूटवलमा हार बेहोरे पनि संविधान निर्माणमा जीत गर्ने बताएका छन् ।
आज हलचोक मैदानमा भूकम्पपीडितको सहयातकोलागि भन्दै आयोजना गरिएको कलाकार र नेता बिचको मैत्री पूर्ण फूटवल पछि बोल्दै प्रधानमन्त्री तथा नेता टीमका कप्तान कोइरालाले संविधान जारी गरेरै छाड्ने बताए । उनले फुटवलमा जसरी एकता र सहयोगको आवस्यकता पर्छ त्यसैगरि संविधान निर्माणमा जुट्न पर्ने बताए । उनले मूलुकमा ठूलो बिपत्ति आएको भन्दै सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेताहरुको सम्वन्ध सुधारकोलागी यस्तो कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिए । मधेसी मोर्चाका प्रमुख विजयकुमार गच्छादारले आफुहरुले हारे पनि नेताहरुलाई उत्साहित बनाएको टिप्पणी गरे । नेता तथा कलाकारकाे मैत्री पूर्ण खेल कलाकारले ३ – ० ले अाफ्नाे पक्षमा पारेका छन् ।

प्रतिक्रियाहरु