संविधानसभाका सबै दलबीच सामुहिक छलफल हुदै

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौं, २३जेठ । संविधानका विवादित विषयमा सहमति खोज्न संविधानसभामा रहेका सबै दलबीच आज सामुहिक छलफल हुँदैछ ।हिजोको बैठकमा प्रमुख चार दलका शीर्ष नेताहरुले दलहरुको सर्वदलीय बैठक बोलाउने सहमति गरेका हुन् ।
यद्यपि, चार दलकै बीचमा पनि संविधानका विवादित विषयमा कुरा मिल्न भने सकेको छैन । विवादको मूख्य चूरो राज्यको पुनर्संरचनामै रहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले सहमतिका लागि यही जेठ २५ गतेसम्म पहल गर्ने र सहमति नभए प्रक्रिया शुरु हुने बताए ।महाभूकम्पले देशमा ठूलो विपत्ति निम्त्याए पनि राजनीतिक दलहरु भने नयाँ संविधानलाई पहिले टुंग्याएर मात्रै पुनर्निर्माणमा लाग्ने भन्दै सहमतिको प्रयासमा लागेका छन् । तर संघीयता लगायतका विषयमा दलहरु आ–आफ्नै अडानमा रहेका छन् ।

प्रतिक्रियाहरु