संविधान संशोधनमाथि दफावार छलफल हुदै

२०७२ माघ ७ गते, बिहीबार

काठमाडौ, ७ माघ । आजदेखि संसदमा संविधान संशोधनमाथि दफावार छलफलको प्रक्रिया सुरु हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बिचमा पनि व्यवस्थापिका संसदमा पेश भएको संविधान संसोधनमाथि मतदान हुने भएको हो । ९ गते मतदान गर्ने गराउने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिए ।
प्रमुख दलले आउँदो ९ गतेसम्म मधेसी मोर्चासंग सहमतिका लागि प्रयास गर्ने, नभए मतदान गर्ने तयारी गरेका छन् । दलहरुको तयारी अनुसार नै संसद सचिवालयले कार्यसूची तय गरेको छ ।
संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिने भएकाले यसमा विभाजनको प्रक्रियामा मतदान गराउन लागिएको छ । मधेसी मोर्चाले विरोध गरेपनि संविधान संशोधन पारित हुनेमा प्रमुख दल ढुक्क भएका छन् । ९ गतेको बैठकमा उपस्थित भएर अनिवार्य मतदान गर्न काँग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेका छन् । संसद बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रतिक्रियाहरु