मधेसी मोर्चालाई मनाउने प्रयास हुदै

२०७२ माघ ८ गते, शुक्रबार

काठमाडौ, ८ माघ । प्रमुख तीन दल आजपनि मधेसी मोर्चालाई मनाउन छलफलमा जुट्ने भएका छन् । उनीहरु आज मोर्चासग सहमति नभए भोलि संशोधन विधेयक पारित गराउने तयारीमा छन । हिजो राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही विषयमा असमझदारी भएपनि वार्ताबाटै समाधान निकाल्ने प्रयास जारी रहेको बताए ।

प्रतिक्रियाहरु