राजनीति

मधेसका मुद्दा सम्बोधन गर्न एमाले बाधक : कोइराला

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मधेसका मुद्दा सम्बोधन गर्न सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले बाधक भएको आरोप लगाएका छन् । लिला–यशोदा दाहाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘प्रजातन्त्र सेनानी’ पुस्तकको शनिबार राजधानीमा लोकार्पण गर्दै कांग्रेस सभापति कोइरालाले मधेसका मुद्दाका विषयमा सबै पार्टीले समान धारणा बनाउनुपर्ने बताए । उनले मधेसी दलका जायज […]

२०७२ पुष २५ गते, शनिबार

नेपाललाई जस्तोसूकै सहयोग गर्न तयार : अमेरिका

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलिना बी ट्याप्लीजले आज भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको थियो । भेटमा राजदूत ट्याप्लीजले संविधान कार्यान्वयन र नेपालमा हाल देखिएको समस्या समाधानका बारेमा चासो व्यक्त गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया […]

२०७२ पुष २४ गते, शुक्रबार

ढुंगेललाई आममाफी दिन मिल्दैन : सर्वोच्च

काठमाडौं, २३ पुस । एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ । उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणसम्वन्धी मुद्दामा संवैधानिक इजलासले बिहीबार आदेश दिएको हो । अदालतले सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्न भनेको छ । सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो […]

२०७२ पुष २३ गते, बिहीबार

ओली सरकार राज्यको ढुकुटी उडाउदै

काठमाडौं, २३ पुस । सत्ताबाट बाहिरिने बेलामा तजबिजी अधिकारको प्रयोग गर्दै सुशील कोइराला नेतृत्वको सरकारले मन्त्रिपरिषद्को एउटै बैठकबाट दुई करोड रकम बाँडेको पूर्वदृष्टान्त पच्छ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले प्रारम्भिक तीन महिनामा त्यत्तिकै अपारदर्शी रूपमा पौने दुई करोड बकस दिएको छ । कोइराला नेतृत्वको सरकारले २०७२ असोज १४ गते यतामात्रै दुई करोड ४८ लाख रकम […]

२०७२ पुष २३ गते, बिहीबार

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत : थापा

काठमाडौं, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीकोे पहिलो विदेश भ्रमण भारत नै हुने भन्दै त्यसपछि सबैखाले आपूर्ति सहज हुने बताएका छन् । आज राजधानीमा आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल भइरहेको भन्दै भारतसँगको असमझदारी अब कम हुँदै जाने विश्वास व्यक्त गरे । आन्दोलनरत् मधेसी मोर्चाबाट स्पस्ट माग आएको […]

२०७२ पुष २२ गते, बुधबार

जोगवनी नाका सहज

काठमाडौ, २२ पुस । भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ । विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच किलोमिटरसम्म बङ्गलादेशबाट […]

२०७२ पुष २२ गते, बुधबार

काँग्रेसमा अनशन बस्नेको ओइरो

काठमाडौँ, २१ पुस । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशन आउन ५९ दिन बाँकी रहँदा पार्टी मुख्यालय सानेपामा विभिन्न माग राखी अनशन बस्नेको सङ्ख्या बढेको छ । काँग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय आफूले क्रियाशील भरेर पठाएको सदस्यतालाई हुबहु लागू गर्नुपर्ने अडानका साथ १२ दिनदेखि आमरण अनशन बसेका छन । उनि डोल्पामा पार्टीको […]

२०७२ पुष २१ गते, मंगलवार

प्रचण्ड थाइल्यान्ड जादै

काठमाडौं, २१ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तीमगर थाइल्याण्ड जाने भएका छन् । थाइल्यान्डको एक अस्पतालमा उपचार गराइरहेका एमाओवादीका सचिव वर्षमान पुनलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती मगर बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । कमलपित्त रोगको समस्याका कारण झन्डै दुई सातादेखि थाइल्यान्डमा उपचार […]

२०७२ पुष २१ गते, मंगलवार

स्वतन्त्र मधेस गठबन्धनका नेता, कार्यकर्तामाथि राज्यविरुद्ध अपराध मुद्दा

काठमाडौ, २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ । सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाइएको जिप्रका, […]

२०७२ पुष २० गते, सोमबार

माओवादी जनयुद्धको पक्षमा

काठमाडौ, १९ पुस । एकीकृत जनक्रान्तिको कार्यदिशा अबलम्बन गर्दै सशस्त्र विद्रोहको तयारीमा जुटेको नेकपा माओवादीले पूर्ववत् माओवादीकै शैलीमा कार्यक्रम गर्न थालेको छ। एकीकृत माओवादी नेतृत्वले क्रान्तिप्रति धोका र गद्दारी गरेको र नेकपा क्रान्तिकारी माओवादी अकर्मण्यतामा फसेको निष्कर्षसहित उसले विगत जनयुद्ध कै गोरेटो पछ्याउन थालेको छ। पार्टी केन्द्रीय समितिदेखि अन्य कतिपय कार्यक्रमलाई समेत अर्धभूमिगत बनाएको माओवादीले […]

२०७२ पुष १९ गते, आईतवार