संविधान संशोधन प्रक्रिया सुरु हुँदै

२०७२ माघ ५ गते, मंगलवार

काठमाडौ, ५ माघ । आजदेखि संविधान संशोधनको प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका संसदको आज दिउँसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ माथि दफाबार छलफल गर्नका लागि संविधान संशोधन विशेष समिति गठन सम्बन्धि प्रस्ताव पेश गर्ने तयारी भएको छ ।
आजको बैठकमा सभामुखले संशोधित संविधानको धारामा छलफलका लागि विशेष समिति गठन गर्ने वा फुल हाउसबाटै प्रक्रिया अगाडी बढाउने २ मध्ये १ प्रक्रिया छान्नेछं । त्यसपछि संशोधन हालिएको धारामा छलफल भएसंगै संविधानको धाराहरु संसदको दुई तिहाई बहूमतले पारित हुँदै जाने संसद सचिवालयका प्रवक्ता डा. भरत गौतमले बताए ।
यस्तै आजको बैठकले संसद नियमावली मस्यौदा समितिका लागि समय थप गर्ने छ । राजनीतिक दलका विवादका कारण संसदको नियमावली निर्माण पनि अलमलिएको छ । दलहरुबीच सहमति भए एकै दिनमा नै संसोधन प्रक्रिया पुरा गर्न सक्ने संसद सचिवालयले जनाएको छ । तर, दलहरुबीच सहमति भइ नसकेकाले आजको वैठकमा संशोधन प्रक्रिया अगाडि बढ्नेमा अझै पनि अन्यौल भने कायम रहेको छ ।

प्रतिक्रियाहरु