संविधान संशोधन विधेयक पारित हुदै

२०७२ माघ ९ गते, शनिबार

काठमाडौ, ९ माघ । संसदको आज दिउँसो बस्ने बैठकले संविधान संशोधन विधेयक पारित गर्ने भएको छ । हिजो दफावार छलफल सकिएकाले यसअघिको कार्यसूची अनुुसार विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ । २ दिनसम्म भएको छलफलमार्फत सांसदहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रयास गरेका छन् । आज दिउँसो बस्ने संसद बैठक अघि प्रमुख दल र मोर्चाबीच सहमति जुटे परिमार्जनसहित संशोधन प्रस्ताव अघि बढ्नेछ । सहमति हुन नसके सरकारले पेस गरेको मूल विधेयकलाई निर्णायार्थ प्रस्तुत गरिने संसद सचिवालयको तयारी छ । दलहरुबीच संशोधन परेका मध्ये कुनैमा सहमति भए त्यो बढ्ने नभए सरकरले पेस गरेको विधेयक जस्ताको त्यस्तै पारित गर्ने तयारी छ । सभामुख ओनसरी घर्तीले दफावार छलफल सकिएकाले सांसदहरुले राखेका धारणाको जवाफ सरकारको तर्फबाट कानुन मन्त्री अग्नी खरेलले दिने र मूल विधेयकबारे प्रक्रिया अघि बढ्ने बताइन ।
नयाँ संविधानको धारा ४२, ८४ र २८६ लाई संशोधन गर्न सरकारले अघि बढाएको मूल विधेयकमाथि कांग्रेस, एमाओवादीसहितका सांसदहरुले विभिन्न २४ वटा संसोधन प्रस्ताव दर्ता गराएका थिए । सरकारले ल्याएको संसोधन धारामा पहिलो समानुपातिक समावेशी सिद्धान्त, दोस्रो र तेस्रो निर्वाचन क्षेत्रसँग सम्बन्धित छन् ।

प्रतिक्रियाहरु