राजनीति

‘सत्ताधारीले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक ‘

काठमाडौं, १७ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान जारी भएको दिन असोज ३ गतेलाई सत्तापक्षले नै कालोदिनकोरुपमा मनाउन लागेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसको जवाफ दिनुपर्ने माग गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘सत्ताधारी बनेको मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक हो’–भने । चैतमा चुनाव पनि […]

२०७३ भाद्र १७ गते, शुक्रबार

सभामुखको ठाडो आदेशमा संसदमा कर्मचारी थपिए

काठमाडौं, १७ भदौ । आर्थिक मितव्ययिता कायम गर्न खाजा–खानाको कुपन बन्द गरेको दाबी गर्ने सभामुख ओनसरी घर्तीमगरले कर्मचारी भर्ती गर्दै संसद सचिवालयको आर्थिक भार बढाउँदै लगेकी छिन् । खाजा–खाना कुपनको व्यापक दुरुपयोग भएको भन्दै कुपन सिस्टम बन्द गरेकै भोलिपल्ट सभामुख घर्तीले आफ्नै जिल्लाका दुईसहित चारजनालाई ठाडो आदेशमा संसद सचिवालयमा करारमा नियुक्त गरेकी हुन् । संसदमा […]

२०७३ भाद्र १७ गते, शुक्रबार

चार विधेयक पारित

काठमाडौँ, १६ भदौ । व्यवस्थापिका–संसद्ले कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७३ लाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आजको बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले उक्त विधेयक परित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । यसअघि उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीराज काफ्लेले कर्मचारी सञ्चय कोषको रकम ऊर्जाको विकासलगायत सामाजिक सुरक्षाका […]

२०७३ भाद्र १६ गते, बिहीबार

‘हेलो सरकार’मा उजुरीको चाङ्ग

काठमाडौँ, १६ भदौ । ‘हेलो सरकार’मा उजुरी गर्नेको सङ्ख्या फेरि बढ्न थालेको छ । सरकारको सेवा प्रवाहप्रति सर्वसाधारणको गुनासो सुन्ने गरी व्यवस्था गरिएकोले उजुरीको सङ्ख्या फेरि बढ्न थालेको बताइएको छ । प्रधानमन्त्री कार्यालयले गुनासो सुन्न सामाजिक सञ्जाल तथा अन्य विधिको प्रयोग गर्न थालेपछि उजुरी बढेको हो । पाँच वर्षअघि सुरु गरिएको हेलो सरकारमा आउने गुनासोकोे […]

२०७३ भाद्र १६ गते, बिहीबार

‘संविधान संशोधनलगायतका मुद्दा आन्तरिक मामिला’

काठमाडौँ, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए । उनले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए […]

२०७३ भाद्र १५ गते, बुधबार

आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस

काठमाडौ, १४ भदौ । आज अगष्ट ३० तारिख अर्थात बेपत्ताहरु सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन पारिएका व्यक्तिहरुको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज बेपत्ता आयोग लगायतले कार्यक्रम गर्दैछन् । सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्थाको […]

२०७३ भाद्र १४ गते, मंगलवार

सभामुखको भूमिकामा प्रश्न खडा भएको छ : बिजुक्छें

काठमाडौ, १३ भदौ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताएका छन । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रम बोल्दै बिजुक्छेंले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्यसम्पादनले प्रष्टाएको बताएका हुन् । बिजुक्छेंले सार्क राष्ट्रभित्रका […]

२०७३ भाद्र १३ गते, सोमबार

राष्ट्रसंघका सहायक महासचिव काठमाडौमा

काठमाडौ, १३ भदौ । संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुल खेर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौ आइ पुगेका छन । गएराती काठमाडौं आइपुगेका अतुलले आजदेखि भेटवार्ता गर्ने बताइएको छ । राष्ट्रसंघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा रहेका खेर नेपालले विश्वमा उपलब्ध गराएको शान्ति सेनाको बारेमा जानकारी लिन नेपाल आएका हुन् । तीन दिने नेपाल बसाइका […]

२०७३ भाद्र १३ गते, सोमबार

सीडीओहरुलाई गैरसरकारी संस्थाका कार्यक्रममा नजान उर्दी

काठमाडौ, १३ भदौ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससको कार्यक्रममा सीडीओहरु प्रत्यक्ष संलग्न हुँदा नियमन फितलो भएको निष्कर्षसहित मन्त्रालयले सुरक्षा दायित्वबाहिर सबै प्रकृतिका गतिविधिमा रोक लगाएको खबर आजको कान्तिपुरमा छापिएको छ । अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी संस्थाको […]

२०७३ भाद्र १३ गते, सोमबार

चेलिबेटी बेचबिखनले बिकराल रुप लिदै

काठमाडौँ, १२ भदौ । विश्वमा तीन करोडभन्दा बढी चेलिबेटी बेचबिखनको सिकार बनेको सरोकारवालाले बताएका छन् । चेलिबेटी बेचबिखनविरुद्ध राष्ट्रिय समूह (एनएनएजिटी) को चौँथो राष्ट्रिय सम्मेलनको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख आयुक्त अनुपराज शर्माले दैनिक लाखौँ चेलिबेटी बेचबिखनको सिकार बन्दै आएको बताए । उनले भने , “दिनहुँ नेपालमा धेरै महिला चेलिबेटी बेचबिखनको […]

२०७३ भाद्र १२ गते, आईतवार