‘सत्ताधारीले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक ‘

२०७३ भाद्र १७ गते, शुक्रबार

काठमाडौं, १७ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान जारी भएको दिन असोज ३ गतेलाई सत्तापक्षले नै कालोदिनकोरुपमा मनाउन लागेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले यसको जवाफ दिनुपर्ने माग गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ‘सत्ताधारी बनेको मधेसी मोर्चाले संविधान दिवसलाई कालोदिन भन्नु आश्चर्यजनक हो’–भने ।
चैतमा चुनाव पनि गर्ने र त्यहीबेला नयाँ सरकार पनि बनाउने सत्ताधारी दलहरुको कुरा विरोधाभाषपूर्ण रहेको रावलको भनाइ थियो । कार्यक्रममा एमाले युवा फाँटका प्रमुख महेन्द्र पाण्डेलाई स्वागत् र निवर्तमान प्रमुख शेरधन राइलाई बिदाइ गरिएको थियो ।

प्रतिक्रियाहरु