राष्ट्रसंघका सहायक महासचिव काठमाडौमा

२०७३ भाद्र १३ गते, सोमबार

काठमाडौ, १३ भदौ । संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुल खेर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौ आइ पुगेका छन । गएराती काठमाडौं आइपुगेका अतुलले आजदेखि भेटवार्ता गर्ने बताइएको छ । राष्ट्रसंघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा रहेका खेर नेपालले विश्वमा उपलब्ध गराएको शान्ति सेनाको बारेमा जानकारी लिन नेपाल आएका हुन् । तीन दिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवासमा तय गरिएको भेटवार्तामा नेपालमा चलिरहेका शान्ति प्रक्रिया, द्वन्द्वसँग जोडिएका मुद्दाका विषयमा छलफल हुनेछ । द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।

प्रतिक्रियाहरु