आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस

२०७३ भाद्र १४ गते, मंगलवार

काठमाडौ, १४ भदौ । आज अगष्ट ३० तारिख अर्थात बेपत्ताहरु सम्बन्धी अन्तर्राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । प्रत्येक वर्षको अगष्ट ३० तारिखका दिन पारिएका व्यक्तिहरुको सम्झनामा विश्वभर यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज बेपत्ता आयोग लगायतले कार्यक्रम गर्दैछन् । सन् १९८१ मा ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकामा स्थापित एक गैरसरकारी संस्थाको पहलमा यो दिवस मनाउन थालिएको हो ।
गोप्य तवरले थुनामा राख्ने वा बेपत्ता बनाउने कार्य मानवअधिकारको ठाडो उल्लंघन हो । नेपालमा अहिले लोकेन्द्र मल्लिकको अध्यक्षतामा गठन भएको बेपत्ता आयोगले काम गरिरहेको छ । आयोगमा २,८४६ जनाको उजुरी परेको र अहिलेसम्म २,८७० जना बेपत्ता भएको तथ्यांक छ ।

प्रतिक्रियाहरु