‘संविधान संशोधनलगायतका मुद्दा आन्तरिक मामिला’

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौँ, १५ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले स्थानीय निकायको निर्वाचन हुन नसक्ने बताएका छन । राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्व सरकारले मङ्सिरमा स्थानीय निकायको चुनाव घोषणा गरेको तर वर्तमान सरकारले चैतमा स्थानीय निकायको निर्वाचन हुन्छ भनेर अन्योलमा पारेको आरोप लगाए । उनले आउँदो चैतमा समेत स्थानीय निकायको चुनाव नभए २०७४ को मङ्सिरमा तीन -तीनवटा चुनाव हुन गार्हो हुने भन्दै राजनीतिक अन्योलतालाई अन्त्य गरी तत्काल स्थानीय निकाय चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे ।
थापाले वर्तमान सरकारले भारत भ्रमण गर्नुभन्दा अगाडि संविधान संशोधन गरेर जाने आश्वासन दिनु नेपाली जनतालाई आँखामा छारो हाल्नु वाहेक केहि नभएको आरोप लगाए । उनले संविधान संशोधनलगायत अन्य मुद्दा आन्तरिक मामिला भएकाले यसलाई सबै दल मिलेर टुग्याउनुपर्नेमा जोडदिदैं, हिन्दू धर्म संरक्षण र सम्वद्र्धनका लागि नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताए ।

प्रतिक्रियाहरु