अर्थ

निःशुल्क भिसा र टिकट खोइ : अख्तियार

काठमाडौं, १७ माघ । सरकारले घोषणा गरेको ‘फ्रि भिसा, फ्रि टिकट’ योजनाबाट अधिकांश कामदार वञ्चित भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत महिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अनुगमनका क्रममा कामदारहरूले उक्त सुविधा लिन नपाएको देखिएको हो । ‘उनीहरू स्थानीय एजेन्ट र म्यानपावरबाट ठगिएको देखिन्छ,’ अख्तियारको अनुगमन प्रतिवेदनमा भनिएको छ । तर म्यानपावर र […]

२०७२ माघ १७ गते, आईतवार

भारतबाट तीन सय मेगावाट विद्युत् आयात गरिने

काठमाडौ, १६ माघ । सरकारले आगामी डेढ वर्षभित्र भारतबाट तीन सय मेगावाट विद्युत् आयात गर्ने भएको छ । शुक्रबार सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त स्थायी समितिस्तरीय बैठकमा आगामी तीन साताभित्र ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट विद्युत् आयात गर्ने सहमति भएको हो । यस्तै, सो प्रसारण लाइनमार्फत थप विद्युत् आयात गर्ने विषयमा पनि दुई देशका […]

२०७२ माघ १६ गते, शनिबार

विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरेको मुद्धाका फरार १३ बर्षपछि पक्राउ

काठमाडौँ, १५ माघ विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरेका मद्धाहरु थान ४ र सरकारी छाप दस्तखत किर्ते मुद्धाहरु २ थानमा काठमाडौं जिल्ला अदालतको एउटै मिति २०५९ साल असार २१ को फैसलाले २ बर्ष कैद र २ करोड ६२ लाख ३१ हजार ६६ रुपैयाँ जरीवाना हुने ठहरी कैद तथा जरीवाना वेरुजु रहेका मोरङ्ग बिराटनगर उपमहानगरपालिका–२ तिनपैनी […]

२०७२ माघ १५ गते, शुक्रबार

सुन तोलाको ५१ हजार ३ सय रुपैयाँ

काठमाडौं, १५ माघ । आज सुन तोलाको ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो साता सुन तोलामा ११ सय रुपैयाँले महंगो भएको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ५१ हजार ५० रुपैयाँ कायम भएको छ । यो साता सुनको मूल्य महंगिएर ५१ हजार रुपैयाँ भन्दा माथि पुगेको हो । गत आइबतार […]

२०७२ माघ १५ गते, शुक्रबार

मुग्लिन–नारायणगढ सडक अवरुद्ध

काठमाडौ, १५ माघ । मुग्लिन–नारायणगढ सडक गएराति ९ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । प्रहरीका अनुसार राति अबेरसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास समेत सुरु गर्न सकिएको छैन । पहिरो रोकिएपछि मात्रै […]

२०७२ माघ १५ गते, शुक्रबार

निगमकै कारण कालोबजारी र अभाव : ब्याबसायी

काठमाडौ, १४ माघ । ढुवानीकर्ता तथा विक्रेताहरुले वितरणको एकाधिकार पाएको नेपाल आयल निगमले समान रुपमा वितरण नगर्दा बजारमा इन्धन अभाव र कालोबजारी बढेको आरोप लगाएका छन्। अभाव र कालोबजारी बढ्नुमा आयल निगम जिम्मेवार भएको भन्दै उनीहरुले सरकारी पम्पमार्फत मात्रै पेट्रोल वितरण गरिरहने हो भने समस्या यथावत हुने बताएका छन्। निगमले भने व्यसायीहरुको आरोप अस्वीकार गरेको […]

२०७२ माघ १४ गते, बिहीबार

नेपाल भ्रष्टाचार सूचकांकको १३०औं स्थानमा

काठमाडौं, १३ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल गत वर्षभन्दा दुई स्कोर कम पाएर भ्रष्टाचार बढी हुने देशको १ सय ३०औं स्थानमा पुगेको छ । सो अवसरमा टीआइ नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि कारबाही कम भएको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका अधिकारीहरुबाट […]

२०७२ माघ १३ गते, बुधबार

गुल्मीमा ‘क्लोथ बैंक’

काठमाडौ, १३ माघ । गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरिएको छ । सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो । विभिन्न समयमा विपतमा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि […]

२०७२ माघ १३ गते, बुधबार

पूर्ण तौलको सिलिन्डर बिक्री गर्न प्रतिबन्ध

काठमाडौ, १२ माघ । सरकारले पूर्ण तौलको ग्यास सिलिन्डर बिक्री गर्न रोक लगाएको छ । ग्यास उद्योगीले मंगलबारदेखि पूर्ण तौलको सिलिन्डर बिक्री गर्ने तयारी गरिरहेकै बेला सरकारले भने अनुमति बिा बिक्री गर्न नदिइने जानकारी दिएको छ । पूर्ण सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । आपूर्ति मन्त्रालयका सचिव विष्णु लम्सालले ग्यास उद्योगीले एकलौटी रुपमा सरकारको अनुमति […]

२०७२ माघ १२ गते, मंगलवार

माथिल्लो मादी जलविद्युत आयोजना असार मसान्तभित्र सम्पन्न हुने

काठमाडौ, १२ माघ । कास्की जिल्लाको सिल्दुजुरे गाविसमा निर्माणाधीन माथिल्लो मादी जलविद्युत् आयोजनाको काम असार मसान्तभित्र समाप्त गर्ने लक्ष सहित सुरु भएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले इन्धन तथा आयोजनालाई चाहिने अत्यावश्यक वस्तुको अभाव भएपछि असोजको पहिलो हप्तादेखि नै आयोजनाको सम्पूर्ण काम बन्द भएको थियो । आयोजनाका लागि इन्धनको सहज र […]

२०७२ माघ १२ गते, मंगलवार